Dataset Viewer
Auto-converted to Parquet Duplicate
id
stringlengths
19
55
text
stringlengths
268
3.75k
source
stringclasses
59 values
subject
stringclasses
33 values
grade
int64
1
12
chapter_index
int64
1
25
chapter_title
stringclasses
87 values
segment_index
int64
1
161
tokens_approx
int64
51
500
chars
int64
268
3.75k
chunk_unit
stringclasses
1 value
12-Social_Studies-ch01-seg0001
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा १२ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर प्रकाशक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सानोठिमी, भक्तपुर (८ सर्वधिकार पाठ्यक्रम विकास केन्द्र यस पाठ्यपुस्तकसम्बन्धी सम्पूर्ण अधिकार पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरमा निहित रहेको छ | पाठ्यक्रम विकास केन्द्रको लिखित स्वीकृतिबिना व्यापारिक प्रयोजनका लागि यसको पुरै वा आंशिक भाग हुबहु प्रकाशन गर्न, परिवर्तन गरेर प्रकाशन गर्न, कुनै विद्युतीय साधन वा अन्य प्रविधिबाट रेकर्ड गर्न र प्रतिलिपि निकाल्न पाइने छैन । पहिलो संस्करण : वि.सं २०७८ मुद्रण : जनक शिक्षा सामग्री केन्द्र लि. सानोठिमी, भक्तपुर । पाठयपुस्तकसस्बन्धी पाठकहरूका कुनै पति प्रकारका सझावहरू भएमा पाठ्यक्रम विकास Fez, ससमत्वय तथा प्रकाशव शाखामा पठाइदितुहुन अनुरोध छ | पाठकहरूबाट आउने सझावहरूलाई केन्द्र हार्दिक स्वागत गर्दछ । हाम्रो भनाइ शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्छ । शिक्षाले विद्यार्थीमा अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, स्वस्थ जीवनको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने र वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक सक्षमताको विकास गर्नुपर्छ । यस्तै विद्यार्थीमा नैतिक आचरणको प्रदर्शन, सामाजिक सद्भाव र पर्यावरणीय सन्तुलनप्रति संवेदनशीलता एवम् दिगो शान्तिका लागि प्रतिबद्ध रहने सक्षमताको विकास गर्ने अपेक्षा गरिएको छ । शिक्षाले आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्यसंस्कृतिको अवलम्बन गर्ने, सहिष्णु भाव राख्ने नागरिक तयार गर्नुपर्छ । यस्तै शिक्षाबाट सिर्जनशील, कल्पनाशील, उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने नागरिक तयारीको अपेक्षा पनि गरिएको छ । यी पक्षलाई दृष्टिगत गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार तयार गरिएको कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यक्रममा आधारित भई यो पाठ्यपुस्तक विकास गरिएको हो । यस पाठ्यपुस्तकको लेखन प्रा.डा. शम्भुप्रसाद खतिवडा, डा. निर्मलमणी अधिकारी, श्री महेन्द्र विष्ट र श्री श्यामप्रसाद पाण्डेले गर्नुभएको हो। पाठ्यपुस्तकलाई यस रूपमा ल्याउने कार्यमा यस केन्द्रका महानिर्देशक श्री अणप्रसाद न्यौपाने, प्रा.डा. प्रेमसागर चापागाई, रेणुका पाण्डे भुसाल, सरस्वती भट्टराईको योगदान रहेको छ । यसको विषयवस्तु सम्पादन श्री हेमराज खतिवडाबाट र भाषा सम्पादन श्री गणेशप्रसाद भट्टराई र श्री चिनाकुमारी निरौलाबाट भएको हो । यस पुस्तकको रूपविन्यास एवम् कला सम्पादन श्री श्रीहरि श्रेष्ठबाट भएको हो | उहाँहरूलगायत यसको विकासमा संलग्न सम्पूर्णप्रति केन्द्र हार्दिक कृतज्ञता प्रकट गर्दछ । पाठ्यपुस्तकलाई शिक्षण सिकाइको महत्त्वपूर्ण साधनका रूपमा लिइन्छ | यस पाठ्यपुस्तकको प्रयोगबाट पाठ्यक्रमद्वारा लक्षित सक्षमता हासिल गर्न विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी र रुचिकर बनाउने प्रयत्न गरिएको छ । यस पाठ्यपुस्तकलाई अझै परिष्कृत पार्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी एवम् सम्पूर्ण पाठकहरूको समेत महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बद्ध सबैको रचनात्मक सुझावका लागि पाठयक्रम विकास केन्द्र हार्दिक अनुरोध गर्दछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बि. सं. २०७८ पाठयक्रम विकास केन्द्र विषयसूची एकाइ विषयवस्तु पृष्ठसङ्ख्या
CDC Grade 12 Social_Studies
Social_Studies
12
1
Chapter 0: Preface/Frontmatter
1
451
3,229
word
12-Social_Studies-ch03-seg0001
एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू ९-४६ पाठ १ अनुसन्धान परिचय ९ पाठ २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा १३ पाठ ३ अध्ययन प्रस्तावनाको संरचना १६ पाठ ४ लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष १९ पाठ ५ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन २३ पाठ ६ सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू २७ पाठ ७ तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण ३१ पाठ क तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफट एक्सेलको प्रयोग ३९ पाठ ९ शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका ४४
CDC Grade 12 Social_Studies
Social_Studies
12
3
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य
1
95
573
word
12-Social_Studies-ch05-seg0001
एकाइ ४ समाजको विकास र दर्शन ७४-१०१ पाठ १ वर्तमान विश्वका सामाजिक विविधता र विशेषता ७४ पाठ २ सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तरनिर्भरता ७९ पाठ 3 जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार ay पाठ ४ दैनिक जीवनमा दर्शनको उपयोगिता ९१ पाठ ५ समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरण ९६
CDC Grade 12 Social_Studies
Social_Studies
12
5
Chapter 4: एकाइ ४ समाजको विकास र दर्शन ७४-१०१
1
52
300
word
12-Social_Studies-ch06-seg0001
एकाइ ५ भूगोल र सामाजिक जीवन १०२-१४६ पाठ १ नेपालका प्रशासनिक प्रदेश १०२ पाठ २ प्रदेशहरूको जनसाङख्यिक अवस्था र विशेषता १०९ पाठ ३ नेपालको प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता ११२ पाठ ४ नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता ११८ पाठ ५ अन्तरप्रादेशिक सम्बन्धका आयामहरू १२५ पाठ ६ नेपालमा विपत् १२९ पाठ ७ विपत्का कारण र प्रभाव १३३ पाठ ८ नेपालमा विपत् व्यवस्थापन संयन्त्र र योजना निर्माण १३६ पाठ ९ भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि १४० पाठ १० सामाजिक नक्साङ्कमा भूसूचना प्रणालीको प्रयोग १४३
CDC Grade 12 Social_Studies
Social_Studies
12
6
Chapter 5: एकाइ ५ भूगोल र सामाजिक जीवन १०२-१४६
1
85
495
word
12-Social_Studies-ch07-seg0001
एकाइ ६ नेपालको इतिहास १४७-१९१ पाठ १ नेपालको प्राचीन इतिहास १४७ पाठ २ लिच्छवि काल १५३ पाठ 3 मध्यकालीन राजनीतिक अवस्था १५८ पाठ ४ मध्यकालीन आर्थिक, सामजिक तथा सांस्कृतिक अवस्था १६३ पाठ ५ मध्यकालमा ससाना राज्यको उदय र अवसान १६९ पाठ ६ आधुनिक काल १७५ पाठ ७ एकीकरणपछिको राज्य सत्ता १८० पाठ ८ आधुनिक कालको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशल १०७
CDC Grade 12 Social_Studies
Social_Studies
12
7
Chapter 6: एकाइ ६ नेपालको इतिहास १४७-१९१
1
61
339
word
12-Social_Studies-ch09-seg0001
एकाइ ८ संविधान र नागरिक सचेतना २२५-२६४ पाठ १ सरकारको गठन प्रक्रिया २२५ पाठ २ सरकारका काम, कर्तव्य र अधिकार २३२० पाठ ३ नागरिक अधिकार र कर्तव्य २३२७ पाठ ४ किशोरकिशोरीको अधिकार र कर्तव्य २४१ पाठ ५ मुलुकी संहिता २४६ पाठ ६ सूचनाको हक २५४ पाठ ७ सदाचार र सामाजिक जवाफदेही २५८
CDC Grade 12 Social_Studies
Social_Studies
12
9
Chapter 8: एकाइ ८ संविधान र नागरिक सचेतना २२५-२६४
1
52
268
word
12-Social_Studies-ch10-seg0001
एकाइ ९ सहरीकरण र बसाइँसराइ २६५-२९७ पाठ १ सहरीकरणको अवधारणा २५५ पाठ २ नेपालमा सहरीकरण २६९ पाठ ३ गाउँ सहर सम्बन्ध २७४ पाठ ४ नेपालमा सहरीकरणका अवसर र चुनौती २७७ पाठ ५ बसाइँसराइ २८१ पाठ ६ बसाइँसराइको प्रवृत्ति २८६ पाठ ७ सुरक्षित एवम् मर्यादित आप्रवासन २९१ पाठ क बसाइँसराइको प्रभाव २९५
CDC Grade 12 Social_Studies
Social_Studies
12
10
Chapter 9: एकाइ ९ सहरीकरण र बसाइँसराइ २६५-२९७
1
51
280
word
12-Social_Studies-ch11-seg0001
एकाइ १० अर्थतन्त्र र विकास २९८-३३५ पाठ १ नेपालको अर्थतन्त्र र विकास २९८ पाठ २ नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध ३०२ पाठ ३ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध ३०८ पाठ ४ नेपालको वैदेशिक व्यापार ३१७ पाठ ५ नेपालको वैदेशिक रोजगार नीति ३२२ पाठ ६ आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा ३२५ पाठ ७ नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू ३३१
CDC Grade 12 Social_Studies
Social_Studies
12
11
Chapter 10: एकाइ १० अर्थतन्त्र र विकास २९८-३३५
1
65
357
word
12-Social_Studies-ch13-seg0001
एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध सामाजिक अध्ययनअन्तर्गत मानव र उसको भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तरक्रियाका सम्बन्धमा अध्ययन गरिन्छ । सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो । यसमा विद्यालय कार्यक्रमअन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला र विज्ञानका उपयुक्त विषयवस्तुको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गरिन्छ | यस विषय समुदाय तथा वातावरणमा मानवले पार्ने प्रभाव र वातावरण तथा समुदायले मानवको जीवनमा पार्ने दोहोरो प्रभावको अध्ययन गरिन्छ । यसले मानव समाजसँग सम्बन्धित विभिन्न पक्षका बारेमा अन्वेषण तथा विश्लेषण गर्न सिकाउँछ । सामाजिक अध्ययनको पहिलो उद्देश्य विद्यार्थीहरूलाई यो अन्तरसम्बन्धित विश्वमा सार्वजनिक भलाइका लागि सांस्कृतिक विविधता, सामाजिक अन्तर्निर्भरता एवम् सामञ्जस्यबारे सुसूचित गराउनु र तर्कपूर्ण निर्णय लिन सहयोग गर्नु हो । मानव जीवनका लागि आवश्यक एवम् उपयोगी सिपहरूलाई जीवनोपयोगी सिप भनिन्छ | जीवनोपयोगी सिप सिकाउने शिक्षा जीवनोपयोगी शिक्षा हो । जीवनोपयोगी शिक्षा मानव जीवनमा पेसागत दक्षताका लागि जरुरी प्राविधिक वा व्यावसायिक ज्ञान र सिपका साथसाथै सामाजिक जीवनमा जुनुसुकै पेसाका व्यक्तिका लागि अत्यावश्यक सिपहरूको सिकाइसँग सम्बन्धित विषय हो । प्राविधिक वा व्यावसायिक ज्ञान र सिपका क्षेत्रहरू अनेकौँ छन् । तिनीहरूमध्ये कुन कुन बढी महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा सामाजिक परिवेश, संसाधनको उपलब्धता तथा स्थानीय र राष्ट्रिय आवश्यकताले फरक पर्छ | जीवनोपयोगी शिक्षाको एउटा आयाम तिनीहरूलाई मानिन्छ | मनोसामाजिक पक्षहरू र व्यक्तिमा अन्तर्निहित गुणहरूलाई उजागर गर्ने क्रियाकलापहरू पनि यसमा समाविष्ट छन् । व्यक्ति स्वयम्को शारीरिक, मानसिक र आध्यात्मिक समुन्ततिका लागि क्रियाशील रहने एवम् परिवार, अन्य व्यक्तिहरू, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास पनि जीवनोपयोगी शिक्षाको सरोकार क्षेत्र हो । सभ्य सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार र प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने सिपको सिकाइ पनि जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन् । नागरिकका हैसियतमा अधिकार र कर्तव्यको बोध तथा जीवन र जगत्को सम्बन्ध हेर्ने र बुभ्ने प्रक्रियामा पनि जीवनोपयोगी शिक्षाको भूमिका हुन्छ । जीवनोपयोगी सिपका कारणले व्यक्तिमा असल चरित्र, सिर्जनात्मकता, नैतिकता, व्यावहारिक कुशलता र असल व्यक्तित्वको विकास हुने मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ मा जीवनोपयोगी सिपअन्तर्गत निम्नानुसारका छओटा मुख्य क्षेत्रहरू पहिचान गरेको छ : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ १. सञ्चार र अन्तरबैंयक्तिक सिप २. निर्णय गर्ने र समस्या समाधान सिप ३. सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप ४. आत्मजागरुकता र समानुभूति ५. दृढता र समभाव वा आत्मनियन्त्रण ६. उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता कतिपय विज्ञहरूले जीवनोपयोगी सिपअन्तर्गत समस्या समाधान सिप, सञ्चार सिप, सूचना प्रविधि सिप, सहकार्य सिप, समालोचनात्मक सोचाइ सिप, अध्ययन सिप, सहभागिता र छलफल, सिर्जनात्मकता, अन्तरवैयक्तिक सिप, तनाव व्यवस्थापन, संवेग व्यवस्थापन, निर्णय निर्माण सिप र नेतृत्व सिप भनी उल्लेख गरेको पनि पाइन्छ । आयुर्वेद, योग र ध्यानका विभिन्न विधिहरू पनि जीवनोपयोगी सिप हुन् । नेपालको प्राचीन परम्परामा १४ विद्या, १८ शास्त्र र ६४ कलाको अध्ययन हुने गरेको बताइन्छ | तीमध्ये १४ विद्याअन्तर्गत चारओटा वेदहरू (AAG, यजुर्वेद, सामवेद र अथर्ववेद), छओटा वेदाङ्गहरू (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द), पुराण, न्याय, मीमांसा (दर्शन) र धर्मशास्त्र पर्छन् । उक्त १४ ओटा विद्यामा आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र अर्थशास्त्र पनि थप गरेपछि तिनीहरूलाई १८ शास्त्र भनेर जनाइन्छ । यसै गरी जीवनोपयोगी सिपका धेरै आयामहरू ६४ कलामा पनि भएको पाइन्छ | यसरी
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
1
500
3,467
word
12-Social_Studies-ch13-seg0002
अथर्ववेद), छओटा वेदाङ्गहरू (शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द), पुराण, न्याय, मीमांसा (दर्शन) र धर्मशास्त्र पर्छन् । उक्त १४ ओटा विद्यामा आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद र अर्थशास्त्र पनि थप गरेपछि तिनीहरूलाई १८ शास्त्र भनेर जनाइन्छ । यसै गरी जीवनोपयोगी सिपका धेरै आयामहरू ६४ कलामा पनि भएको पाइन्छ | यसरी नेपालमा प्राचीन कालदेखि नै जीवनोपयोगी शिक्षालाई पनि महत्त्व दिइएको र त्यसअन्तर्गत धेरै क्षेत्रहरू समावेश गरिएको देखिन्छ । सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् । सामाजिक अध्ययनअन्तर्गत मानव र मानव समाजसँग सम्बन्धित विभिन्न पक्षबारे गरिने खोजी, अध्ययन एवम् विश्लेषणका क्रममा जीवनोपयोगी सिप पनि अपरिहार्य छन् । सामाजिक अध्ययन विषयका सिकाइ क्रियाकलापहरू तथा परियोजना कार्यहरू गर्दा पनि जीवनोपयोगी सिप हासिल हुन्छन् । त्यस क्रममा समूहमा काम गर्ने, एकअर्कामा कुराकानी गर्ने, सहकार्य गर्ने, सहयोग गर्ने, नेतृत्व गर्ने, समस्या समाधान गर्ने एवम् सिर्जनात्मक कार्य गर्ने प्रशस्त अवसर प्राप्त हुन्छन् । त्यस्ता अवसरले विषयवस्तुको ज्ञान बढाउनुका साथै जीवनोपयोगी सिप पनि दिइरहेका हुन्छन् । सामाजिक अध्ययनले मानवका भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिकलगायतका आयामहरूको ज्ञान गराउनुका साथसाथै जीवनोपयोगी शिक्षाअन्तर्गत पर्ने सिपहरूको सिकाइलाई पनि समावेश गरेको हुन्छ । जीवनोपयोगी शिक्षाले जीवनदर्शन र मानवीय मूल्यमान्यताहरूको बोध गराउँछ । यसले त्यस्ता मूल्यमान्यताहरूलाई सामाजिक व्यवहारमा प्रदर्शन गर्न मदत पनि गर्छ । जीवनोपयोगी शिक्षाले व्यक्तिलाई समाजका विभिन्न पक्षहरू जान्न र सामाजिक विषयवस्तुको विश्लेषण गर्न पनि सिकाउँछ । सञ्चार र अन्तर्वैयक्तिक सिप हासिल गर्ने क्रममा अध्येताले समाजमा रहेका व्यक्ति, समूह, संस्था र ठुलो जनसमुदायको संरचना रआपसी सम्बन्धबारे ज्ञान हासिल पनि गरेको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ हुन्छ । जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपलाई मुख्य विषयवस्तु बनाउँदै सामाजिक अध्ययनका विषयवस्तु पनि ज्ञान गराइरहेको हन्छ भन्ने यो एउटा उदाहरण हो । जीवनोपयोगी शिक्षाको अभ्यास वास्तवमा समाजको अध्ययनका विविध आयामसँग प्रत्यक्षत: सम्बद्ध हुन्छ । जीवनोपयोगी शिक्षाको अध्ययनले व्यक्तिलाई समाजको सदस्यका रूपमा गर्नु पर्ने कर्तव्य र पाउनुपर्ने अधिकारबारे सचेत गराई त्यसका लागि आवश्यक सिपसमेत दिन्छ । जीवनोपयोगी शिक्षाले जीवनोपयोगी सिपसँगै सामाजिक अध्ययनका विषयवस्तुलाई पनि समावेश गरेको हुन्छ । यसरी सामाजिक अध्ययनले जीवनोपयोगी शिक्षाका लागि पनि मदत पुग्याउँछ र जीवनोपयोगी शिक्षाको अध्ययनबाट सामाजिक अध्ययनका लागि उपयोगी विषयवस्तुको ज्ञान पनि हुन्छ । त्यसैले सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा अन्तरसम्बन्धित छन् भनिएको हो । क्रियाकलाप १. आफ्नो घर वरिपरिका कुनै १० जना व्यक्तिहरूसँग कुराकानी गरी उहाँहरूको पेसा र सो पेसाका लागि आवश्यक सिपबारे जानकारी लिनुहोस् । प्राप्त जानकारीअनुसार पेसा र सिपको विवरणलाई तालिकामा प्रस्तुत गर्नुहोस् । २. आफ्नो घर वा विद्यालयनजिकै सञ्चालनमा रहेको कुनै उद्योग, घरेलु उत्पादन केन्द्र, सिलाइ घर, आरन, पसल, होटल वा अन्य कुनै व्यावसायिक प्रतिष्ठानका सञ्चालकसँग भेट गरी उहाँको अन्तर्वार्ता लिनुहोस् । अन्तर्वार्तामा उहाँको कार्यक्षेत्र, उक्त कार्यक्षेत्र रोज्नुका कारण, अनुभव, उपलब्धि, भोग्नु परिरहेका समस्या र समाजमा बिभिन्न क्षेत्रबाट उहाँले कसरी मदत लिनुहुन्छ भन्नेबारे प्रश्नहरू सोध्नुहोस् । अन्तर्वार्ताबाट प्राप्त जानकारीमा आधारित रही उहाँको परिचय लेख्नुहोस् । अभ्यास तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् (क) जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ? (ख) जीवनोपयोगी सिपअन्तर्गत पर्ने छओटा मुख्य क्षेत्रहरू के के हुन् ? (ग) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ? परियोजना कार्य इन्टरनेट र शब्दकोशलगायतका पुस्तकहरूको प्रयोग गरी वा आवश्यकताअनुसार शिक्षक र अभिभावक तथा समुदायका जानकारसँग सोधखोज गरी ६४ कलाबारे जानकारी हासिल गर्नुहोस् । तिनीहरूको सान्दर्भिकताबारे छलफल गर्नुहोस् | सामाजिक अध्ययन तथा
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
2
500
3,520
word
12-Social_Studies-ch13-seg0003
पर्ने छओटा मुख्य क्षेत्रहरू के के हुन् ? (ग) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ? परियोजना कार्य इन्टरनेट र शब्दकोशलगायतका पुस्तकहरूको प्रयोग गरी वा आवश्यकताअनुसार शिक्षक र अभिभावक तथा समुदायका जानकारसँग सोधखोज गरी ६४ कलाबारे जानकारी हासिल गर्नुहोस् । तिनीहरूको सान्दर्भिकताबारे छलफल गर्नुहोस् | सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध पूर्वीय चिन्तन परम्परा र भइरहेका अभ्यास पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा पूर्वीय चिन्तन हो । पूर्वीय दर्शन संज्ञालाई सामान्यतया एसियाका पूर्वी, दक्षिण पूर्वी र दक्षिणी भूभागमा vera एवम् विकास भएका विविध दर्शनहरूलाई जनाउँछ | भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, चिनियाँ दर्शन, कोरियाली दर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदिको उल्लेख गरिन्छ । वेदमा आधारित अनेकौँ सम्प्रदायहरूको समिश्रणबाट आजको स्वरूपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, बौद्ध धर्म एवम् दर्शन, जैन धर्म एवम् दर्शन, किरात धर्म एवम् दर्शन, शिख धर्म एवम् दर्शन, कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले पूर्वीय चिन्तन परम्परा बनेको छ । यस्तो पृष्ठभूमिमा पूर्वीय चिन्तन परम्परा भन्नाले निकै विविधतापूर्ण दार्शनिक, विचारधारायुक्त एवम् व्यावहारिक आयामहरूको समन्वयात्मक दृष्टिकोणलाई बुझनु पर्दछ । उपर्युक्त समन्वयात्मक दृष्टिकोणका आधारमा पूर्वीय चिन्तन परम्पराका केही साझा आधारभूत मान्यताहरू रहेका पाइन्छ | पूर्वीय चिन्तन परम्परामा मानव जीवनमा चरित्रलाई निकै महत्त्व दिइन्छ । मानवको चरित्र निर्माणमा धर्म, संस्कार, संस्कृति, सामाजिकीकरण, शिक्षा, कला, सिप आदिको प्रत्यक्ष प्रभाव पर्छ । परिवार, कुल, समुदाय र समाजलाई महत्त्व दिनु पनि पूर्वीय मान्यताको साझा विशेषता हो । व्यक्तित्व विकासलाई पनि समुचित महत्त्व दिँदै सामूहिकता, समन्वय र सहकार्यमा जोड दिने प्रवृत्ति यहाँ देखिन्छ । प्रकृतिसँग तादात्म्य राख्ने, पर्यावरणमैत्री एवम् पारिस्थितिक प्रणालीसापेक्ष जीवनशैलीलाई पूर्वीय दर्शनमा प्राथमिकता दिएको देखिन्छ । बैदिक चिन्तन परम्परामा सत्यको अवलम्बन गर, धर्मको धारणा र पालना गर एवम् सधैँ स्वाध्यायन गर भन्ने उपदेश दिइन्छ । धर्मको अर्थ धारणा, कर्तव्य, प्राकृतिक गुण, विशेषता, चरित्र आदि हुन्छ । धर्मका १० लक्षण हुन्छन् । धृति (धैर्य), क्षमा (क्षमाशील हुनु), दम (आफ्नो वासनाहरू माथि नियन्त्रण गर्न सक्नु ), अस्तेय (चोरी नगर्नु वा आफनो अधिकार नभएको वस्तु नलिनु), शौच (शरीर, मन एवस् बुद्धिलाई शुद्ध एवम् पवित्र राख्नु), इन्द्रिय निग्रह (इन्द्रियहरूलाई बसमा राख्नु ), धी (बुद्धिमानी हुनु), विद्या (ज्ञान आर्जन गर्नु ), सत्य (मन, वचन र कर्मबाट सत्यको पालन गर्नु ) र अक्रोध (क्रोध नगर्नु ) नै धर्मका १० ओटा लक्षण मानिएको छ । माता, पिता, आचार्य (गुरु) आदिलाई देवतुल्य मानी सम्मान गर, आत्मज्ञानका लागि सधैँ प्रयत्न गर र ईश्वरीय शक्तिको उपासना गर भन्ने प्रेरणा वैदिक दर्शनले दिन्छ । स्वावलम्बी बन, परोपकार गर, सबै प्राणीलाई दया गर, उपयुक्त आहारको मात्र खानपिन गर र आचारविचार असल बनाङ भन्ने उपदेश पनि दिन्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र आध्यात्मिक अभ्युदयलाई हिन्दु दर्शनमा निकै जोड दिइएको छ । यसका लागि शौचाचार सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ (शुद्धता), आहारविहार, ध्यान, उपासना, यज्ञ आदिका पद्धति र विधि बताइएको छ । धर्म, अर्थ, काम र मोक्षलाई मानव जीवनका चारओटा लक्ष्य (पुरुषार्थ चतुष्टय) मानिएको छ | बौद्ध परम्परामा चारओटा आर्य सत्य, आठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश दिइएको छ । आर्य सत्यको सङ्कल्प बौद्ध दर्शनको मूल सिद्धान्त हो । आर्यसत्य चार छन् । जुन तल दिइएको छ। १. संसारमा दुःख छ।
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
3
500
3,304
word
12-Social_Studies-ch13-seg0004
काम र मोक्षलाई मानव जीवनका चारओटा लक्ष्य (पुरुषार्थ चतुष्टय) मानिएको छ | बौद्ध परम्परामा चारओटा आर्य सत्य, आठओटा असल मार्गहरू (आर्य अष्टाङ्गिक मार्ग) र पञ्चशीलको उपदेश दिइएको छ । आर्य सत्यको सङ्कल्प बौद्ध दर्शनको मूल सिद्धान्त हो । आर्यसत्य चार छन् । जुन तल दिइएको छ। १. संसारमा दुःख छ। २. दुःखका कारण छन् । ३. दुःखको निवारण छ | ४. निवारणका लागि अष्टाङ्गिक मार्ग छ | आर्य अष्टाङ्कगिक मार्गमा निम्नानुसारका कुराहरू बताइन्छ : १. सम्यक् दृष्टि (चार आर्यसत्यमा विश्वास गर्नु) २. सम्यक् सङ्कल्प (मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु) ३. सम्यक् वाक् (हानिकारक कुरा र झुठो नबोल्नु) ४. सम्यक् कर्म (हानिकारक कर्म नगर्नु) ५. सम्यक् जिविका (कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक पेसा, व्यवसाय, व्यापार नगर्नु) & सम्यक् प्रयास (आफूले आफैँलाई सुधार्ने कोसिस गर्नु) ७. सम्यक स्मृति (स्पष्ट ज्ञानले देख्न सक्ने मानसिक योग्यता प्राप्त गर्ने कोशिस गर्नु) 5. सम्यक् समाधि (निर्वाण प्राप्त गर्ने कोसिस गर्नु ) बुद्धका पञ्चशीलमा प्राणी हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने नियम छन् । मानव जीवनमा अतिवादबाट बन्नुपर्छ र मध्यमार्गी हुनुपर्छ भनिएको छ । कुनै पनि कुरामा अन्धविश्वास नगरी आफैँले परीक्षण वा अनुभव गरेर मात्र विश्वास गर्नुपर्छ भन्ने उपदेश पनि बुद्धबाट मिल्छ । यसरी हिन्दु र बौद्ध दुवै परम्परामा जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई आपसमा अन्तःसम्बन्धित मानी आहार, आचारविचार र दैनिक व्यवहारमा तिनीहरूको तादात्म्यमा जोड दिइएको देखिन्छ । यस्तै मान्यता जैन, किरात, बोन, कन्फुसियस, ताओ आदि चिन्तन परम्परामा पनि पाइन्छ | नैतिक जीवनप्रति हिन्दु, बौद्ध, किरात, जैन, बोन, कन्फुसियस, ताओलगायतका सबै दर्शनमा महत्त्व दिइएको छ । खानपिन, सङ्गत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानव मर्यादाअनुसारको हुनुपर्ने मानिएको छ । त्यसैले पूर्वीय चिन्तन परम्परामा जीवनोपयोगी शिक्षामा जहिले पनि उपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई महत्त्व दिइएको हुन्छ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ नेपालमा सङ्क्रमणकालीन अवस्था देखिन्छ । एकातिर अतिप्राचीन कालदेखिका मान्यता पनि यहाँ अविच्छिन्न देखिन्छन् भने अर्कातिर वैशिवकरण (भूमण्डलीकरण), परसंस्कृतीकरण र उपभोगवादले पूर्वीय चिन्तन परम्परालाई असर पारेको छ । आयुर्वेद, योग, विपश्यना, शाकाहारी जीवनशैलीप्रति जनचासो हालसालैका वर्षहरूमा बढ्दो क्रममा देखिन्छ । शिक्षा नीतिमा बहसांस्कृतिकता, बहुविधात्मकता, प्रविधिको प्रयोग वैश्वस्थानीकरण (Glocalization) मौलिकताको प्रवर्धन जस्ता मान्यताले प्रवेश पाइसकेको देखिन्छ । २. पाश्चात्य चिन्तन परम्परा र वर्तमान अभ्यास पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचीन ग्रिस हो i ग्रिसका दार्शनिकहरू सोक्रेट्स (सुकरात), प्लेटो र एरिस्टोटल (अरस्तु) का विचारको पाश्चात्य चिन्तनमा प्रभाव वर्तमान युगमा पनि स्पष्ट देख्न सकिन्छ । सोक्रेट्सका शिष्य प्लेटो र प्लेटोका शिष्य एरिस्टोटल हुन् । सोक्रेटसको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ । प्लेटोले ज्ञानका सबै विधाहरूमध्ये दर्शन नै श्रेष्ठ रहेको कुरामा जोड दिएका थिए । दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनको मान्यता थियो । पाश्चात्य नीतिशास्त्रको विकासमा उनको प्रभावकारी योगदान छ । उनले व्यवस्थित शिक्षाका लागि एकेडेमी नामक संस्था खोले । आधुनिक विश्वविद्यालयहरूलाई प्लेटोको एकेडेमीकै विकसित रूप मानिन्छ । प्लेटोका शिष्य एरिस्टोटलले भौतिक जगत् र मानव समाजको अध्ययनलाई अगाडि बढाए । उनले दर्शनको तुलनामा साहित्यलाई प्राथमिकता दिएको देखिन्छ । प्रकृति विज्ञानमा पनि उनको गहन रुचि थियो । एरिस्टोटलका बहुमुखी प्रतिभालाई देखाउने अनेकौँ ग्रन्थहरू उपलब्ध छन् । पाश्चात्य तर्कशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्र, कला, दर्शनका विभिन्न शाखाहरू र प्रकृति विज्ञानका
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
4
500
3,377
word
12-Social_Studies-ch13-seg0005
। प्लेटोका शिष्य एरिस्टोटलले भौतिक जगत् र मानव समाजको अध्ययनलाई अगाडि बढाए । उनले दर्शनको तुलनामा साहित्यलाई प्राथमिकता दिएको देखिन्छ । प्रकृति विज्ञानमा पनि उनको गहन रुचि थियो । एरिस्टोटलका बहुमुखी प्रतिभालाई देखाउने अनेकौँ ग्रन्थहरू उपलब्ध छन् । पाश्चात्य तर्कशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्र, कला, दर्शनका विभिन्न शाखाहरू र प्रकृति विज्ञानका अनेकौँ शाखाहरूमा समेत उनको निर्णायक प्रभाव रहेको मानिन्छ । पाश्चात्य सन्दर्भमा जीवनोपयोगी शिक्षाका धेरै कुराहरू एरिस्टोटलसँग सम्बद्ध देखिन्छन् | पाश्चात्य चिन्तन परम्परामा क्रिस्चियन मतको पनि धेरै प्रभाव छ । युरोपमा कुनै समय चर्च नै सबै क्षेत्रमा शक्तिशाली अवस्थामा रहेको थियो । चर्चले प्रकृति विज्ञान, आलोचनात्मक अध्ययन तथा पन्थनिरपेक्ष विचारलाई दमन गर्थ्यो । त्यसैले त्यो समयलाई कालान्तरमा अध्येताहरूले अँध्यारो युग नाम दिएका छन् । चर्चको अत्याचार ज्यादै बढी भएपछि क्रिस्चियन समुदायभित्र पनि सुधारका लागि आवाज उठ्न थाले भने कालान्तरमा चर्चका विरुद्ध कलाकार, साहित्यकार, दार्शनिक, वैज्ञानिक, राजनीतिक चिन्तक आदिले पनि विद्रोह गरे । उपर्युक्त द्वन्द्वको फलस्वरूप पाश्चात्य चिन्तन परम्परामा पन्थनिरपेक्ष र वैज्ञानिक चिन्तन पद्धति अगाडि आयो । पन्थनिरपेक्ष एवम् आलोचनात्मक चेतसहितको ज्ञानको खोजीमा उनीहरूले प्राचीन ग्रिसको चिन्तन परम्परालाई ब्युँत्याए | त्यो युगलाई युरोपको पुनर्जागरण युग भनिन्छ । यो युगपछि पाश्चात्य समाजमा कलात्मक अभिव्यक्ति, आलोचनात्मक विश्लेषण र वैज्ञानिक खोजको ढोका खुलेको मानिन्छ । युरोपमा वैज्ञानिक चिन्तन, वैचारिक स्वतन्त्रता एवम् मानव ज्ञानको सर्वोच्चता स्थापित भएको समयलाई प्रबोध युग वा ज्ञानोह्टीपन युग भनिन्छ । पाश्चात्य चिन्तन परम्पराको समकालीन स्वरूपको निर्धारणमा प्राचीन ग्रिस, अन्धकार युग र पुनर्जागरणको प्रभाव रहेको छ, तर निर्णायक प्रभाव भने ज्ञानोह्टीपन सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ युगकै देखिन्छ । भौतिक विज्ञान र प्रविधिको विकासले पाश्चात्य देशमा आएको परिवर्तनको प्रभाव संसारभरि नै विभिन्न तरिकाले पप्यो । त्यहाँ पछिल्ला केही शताब्दीमा शिक्षा, वैज्ञानिक खोज, आधुनिक प्रविधि, औद्योगीकरण, बजार अर्थतन्त्र, आदिको तीव्र विकास भयो । पाश्चात्य देशहरूले आफनो शक्तिको दुरुपयोग गरेका धेरै उदाहरणहरू पनि छन् । इतिहासको एक कालखण्डमा एसिया, अफ्रिका र अमेरिकाका देशहरूलाई पाश्चात्य देशहरूले उपनिवेश बनाई स्रोतसाधनको दोहन गरे । त्यसका कारणले युरोपेली देशहरूमा भौतिक समृद्धि बढ्यो भने अन्यत्र गरिबी, हिंसा, असमानता बढ्यो । युरोपेली देशहरूको आपसी लडाइँ पनि धेरै समयसम्म चलेको थियो । दोस्रो विश्वयुद्धको समाप्तिपछि संयुक्त राष्ट्रसङ्घको स्थापनापछि भने त्यो भूभागमा प्रत्यक्ष युद्धको क्रम रोकियो | पाश्चात्य समाजमा क्रिस्चियनवादका पन्थ वा सम्प्रदायहको आपसी सङ्घर्ष पनि शताब्दिऔँसम्म चलेको देखिन्छ । यसरी राजनीतिक, साम्प्रदायिक, आर्थिक स्वार्थ आदिका कारणले हिंसात्मक सङ्घर्षमा अल्झिएको पाश्चात्य समाजमा गत शताब्दीमा उदारवादी लोकतान्त्रिक व्यवस्था तथा खुला बजार अर्थतन्त्रको विचारधारा र समाजवादी विचारधाराको ठुलो वैचारिक सङ्घर्ष पनि देखियो । वर्तमान समयमा भने पाश्चात्य देशहरूमा लोकतान्त्रिक पद्धति बहाल भएको देखिन्छ । प्राकृतिक संसाधनको विनाशकारी दोहन तथा उपभोगवादलाई पाश्चात्य समाजको नकारात्मक पक्ष मानिन्छ | आधुनिक युगमा विज्ञान प्रविधिमा भएको विकास मुख्यतः युरोप अमेरिकामै भएको हुनाले मानव समाजका लागि पाश्चात्य समाजको यो योगदानको भने प्रशंसा गरिन्छ । पाश्चात्य समाजमा मानवतावाद, मानवअधिकार, न्यूनउपभोगवाद, पर्यावरणमैत्री दृष्टिकोण आदि पनि रहेका छन् । प्राच्य सभ्यताबाट योग, ध्यान, आयुर्वेद आदिको प्रचारप्रसार पाश्चात्य समाजमा पनि बढेको देखिन्छ । मन्त्र जप, भजन, शास्त्रीय सङ्गीत तथा भक्तिमा आधारित नृत्यले मानसिक स्वास्थ्य र आध्यात्मिक अनुभूतिमा पार्ने सकारात्मक प्रभावप्रति पनि पाश्चात्य समाजमा केही आकर्षण बढेको पाइन्छ । पाश्चात्य विश्वविद्यालयहरूमा पूर्वीय चिन्तन परम्पराबारे अनुसन्धान गर्नेहरूको सङ्ख्यामा पनि उत्तरोत्तर वृद्धि भइरहेको छ | बढ्दो बसाइँसराइका कारणले पाश्चात्य देशहरूमा जातीय, भाषिक, सांस्कृतिक तथा
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
5
500
3,604
word
12-Social_Studies-ch13-seg0006
देखिन्छ । मन्त्र जप, भजन, शास्त्रीय सङ्गीत तथा भक्तिमा आधारित नृत्यले मानसिक स्वास्थ्य र आध्यात्मिक अनुभूतिमा पार्ने सकारात्मक प्रभावप्रति पनि पाश्चात्य समाजमा केही आकर्षण बढेको पाइन्छ । पाश्चात्य विश्वविद्यालयहरूमा पूर्वीय चिन्तन परम्पराबारे अनुसन्धान गर्नेहरूको सङ्ख्यामा पनि उत्तरोत्तर वृद्धि भइरहेको छ | बढ्दो बसाइँसराइका कारणले पाश्चात्य देशहरूमा जातीय, भाषिक, सांस्कृतिक तथा अन्य प्रकारका विविधतामा वृद्धि भइरहेको छ । यस्तो परिवर्तनले पाश्चात्य चिन्तनको समकालीन स्वरूपमा अवश्यै प्रभाव पार्छ । त्यसैले पाश्चात्य समाजमा पनि अचेल बहुसांस्कृतिकतालाई महत्त्वपूर्ण मानिएको छ | शिक्षाका दृष्टिकोणबाट हेर्दा पाश्चात्य देशहरूमा अचेल बहुसांस्कृतिक, बहुविधात्मक, प्रविधिको व्यापक प्रयोग हुने एवम् जीवनोपयोगी सिपलाई पनि समावेश गरिएको शिक्षालाई महत्त्व दिइएको दे खिन्छ | वर्तमान समयमा पूर्वीय चिन्तन परम्पराको विस्तार पश्चिमा समाजमा पनि भइरहेको छ भने पाश्चात्य चिन्तन परम्पराको विस्तार प्राच्य (पूर्वीय) समाजमा पनि भइरहेको छ । यसरी प्राच्य र पाश्चात्य चिन्तन परम्पराहरूको भेट, आपसी संवाद र प्रतिस्पर्धा वा समन्वयको अवस्था वर्तमान समयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ देखिन्छ । विविधतालाई सामञ्जस्य गर्ने दृष्टिकोण, पर्यावरणमैत्री आचारविचार, आध्यात्मिकता जस्ता कुराहरू पूर्वीय चिन्तन परम्पराबाट पश्चिमा समाजले लिन सक्ने विज्ञहरू बताउँछन् । प्रविधिको विकास, उद्यमशीलता, परिणाममुखी कार्यपद्धति जस्ता कुराहरू पश्चिमा समाजबाट पूर्वीय समाजले लिन सक्ने बताइन्छ । प्राच्य र पाश्चात्य चिन्तन परम्पराको समन्वय गरी वैश्विक सामञ्जस्य, सहकार्य एवम् शान्ति प्रवर्धन गर्न सकिने विश्वास गरिन्छ । क्रियाकलाप १. नेपालमा मानिने विविध धर्म एवम् सम्प्रदायका समान मान्यताहरू के के छन् | समूहमा चर्चा गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् । २. पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय कसरी गर्न सकिन्छ ? आफनो बिचार प्रस्तुत गरी लेख तयार गर्नुहोस् । अभ्यास तलका प्रश्नहरूको उत्तर दिनुहोस् : १. पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? २. पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? ३. पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ? परियोजना कार्य पूर्वीय चिन्तन परम्पराले आधुनिक संसारमा पुन्याएका योगदानबारे इन्टरनेट तथा अन्य स्रोतहरूबाट खोजेर कम्तीमा पाँच सय शब्दको लेख तयार पार्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२
CDC Grade 12 Social_Studies
Social_Studies
12
13
Chapter 1: एकाइ १ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
6
302
2,132
word
12-Social_Studies-ch14-seg0001
एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू अनुसन्धान परिंचय तलका घटना अध्ययन गरौँ: घटना १ हसिना १२ कक्षामा अध्ययन गर्ने छात्रा हुन् । सामाजिक अध्ययन विषयको इतिहास खण्डमा उनले स्थानीय इतिहासको खोजी गरिन् | यसरी खोजी गर्दा उनले विभिन्न विधिको प्रयोग गर्नुपस्यो | उनले केही जानकार व्यक्तिहरूसँग सोधिन् । केही पुस्तक तथा लेखहरू पढिन् । स्थानीय सङ्ग्रहालयमा रहेका केही पुराना वस्तुहरू तथा शिलालेखहरू अध्ययन गरिन् । त्यसका आधारमा आफनो अध्ययन प्रतिवेदन तयार गरी शिक्षकलाई बुझाइन् | घटना २ कुसुम पनि हसिनाकै कक्षाका साथी हुन् । उनले आफनो सामाजिक अध्ययन विषयको परियोजना कार्य गर्न एउटा भौगोलिक क्षेत्रको भ्रमण गरे । त्यहाँ उनले केही व्यक्तिसँग अन्तर्वार्ता लिए | विभिन्न महत्त्वपूर्ण स्थानहरूको फोटो पनि लिए | केही चट्टानका नमुना पनि सङ्कलन गरे | त्यहाँको भौगोलिक अध्ययनसँगै आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको पनि अध्ययन गरे | त्यसका आधारमा एक प्रतिवेदन तयार गरी आफना शिक्षकलाई बुझाए | घटना ३ अविनाश अर्कै विद्यालयमा १२ कक्षामा अध्ययनरत छन् । उनको कक्षामा शिक्षक र विद्यार्थीबिच धेरै छलफल र अन्तरक्रिया गरिन्छ । त्यसबाहेक प्रश्नोत्तर पनि गरिन्छ । उनीहरूका शिक्षकले विद्यार्थीको बानी व्यवहार पनि अवलोकन गर्नुहुन्छ तर भ्रमण तथा परियोजना कार्य भने त्यति गरिँदैन । तलका प्रश्नहरूमा छलफल गरौँ : (क) सामाजिक अध्ययन विषयमा के के विधिहरू प्रयोग हुन्छन् ? (ख) अनुसन्धान भनेको के हो ? (ग) सूचना भनेको के हो ? (घ) तथ्याङ्क भनेको के हो ? सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ १. सामाजिक अध्ययनका विधि सामाजिक अध्ययन गर्नका लागि विभिन्न विधिहरूको प्रयोग गरिन्छ । त्यसमध्ये खोज तथा अनुसन्धान एउटा प्रमुख विधिका रूपमा रहेको छ। कुनै एउटा घटना, क्षेत्र, स्थान, मुद्दा वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क सङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकाल्ने कार्यलाई अनुसन्धान भनिन्छ | यस विधिअन्तर्गत क्षेत्रश्रमण, परियोजना विधिहरू पर्छन् | अमेरिकन समाजशास्त्री Earl Robert Babbie का अनुसार “अवलोकन गरिएका प्रक्रियालाई वर्णन, व्याख्या, पूर्वानुमान र नियन्त्रण गर्ने व्यवस्थित खोज नै अनुसन्धान हो । सामाजिक अध्ययनमा अनुसन्धान विधिअन्तर्गत अन्य धेरै विधि प्रयोग गरिन्छ । (क) छलफल विधि यसमा शिक्षक विद्यार्थी वा विद्यार्थी विद्यार्थीबिच विचार आदानप्रदान गरी एक निष्कर्षमा पुगिन्छ । पहिले अध्ययन गरिएका विषयवस्तुका आधारमा नयाँ अवधारणा बनाउन, पुनरवलोकन गर्न आदिका लागि यो विधि उपयुक्त हुन्छ । यसबाहेक यसले जीवनोपयोगी सिप विकास गर्नसमेत सहयोग पुग्याउँछ | (ख) प्रश्नोत्तर विधि अध्ययन गरिएका विषयवस्तुलाई पुनरवलोकन गर्न तथा अवधारणाहरू स्पष्ट पार्न शिक्षक विद्यार्थीबिच तथा विद्यार्थी विद्यार्थीबिच प्रश्न सोध्ने र उत्तर दिने गरिन्छ । (ग) अवलोकन विधि कुनै घटना, स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि अवलोकन विधि हो । यसले प्रयोगात्मक ज्ञान प्राप्त गर्न, घटना विश्लेषण गर्न, व्यवहार सिक्न आदिमा सहयोग पुच्याउँछ | (घ) अन्तर्वार्ता विधि विद्यार्थीले शिक्षकबाहेक अन्य जानकार व्यक्तिसँग प्रश्नहरू सोधेर जानकारी वा सूचना सङ्कल गर्ने तरिका नै अन्तर्वार्ता विधि हो । यो विधि आफैँमा पूर्ण विधि नभई अनुसन्धान वा खोज विधिको सहायक विधि हो । यसले अध्ययनका लागि तथ्याङक सङ्कलन गर्न सहयोग गर्छ | (ङ) समस्या समाधान विधि यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि हो । यसमा समस्या पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गरिन्छ । यसले विद्यार्थीको ज्ञानको प्रयोग गराउँछ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ (च) क्षेत्र भ्रमण विधि कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक,
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
1
500
3,194
word
12-Social_Studies-ch14-seg0002
गर्छ | (ङ) समस्या समाधान विधि यो विद्यार्थीलाई कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि हो । यसमा समस्या पहिचान, कारणहरू र समाधानका उपायहरूको खोजी गरिन्छ । यसले विद्यार्थीको ज्ञानको प्रयोग गराउँछ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ (च) क्षेत्र भ्रमण विधि कुनै भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, औद्योगिक वा पर्यटकीय क्षेत्रमा गएर त्यससम्बन्धी अध्ययन गर्ने विधिलाई क्षेत्र भ्रमण विधि भनिन्छ । यो विधि खोज वा अनुसन्धान विधिको एकप्रकार हो । यसले प्रत्यक्ष ज्ञान प्राप्त गर्न सहयोग गर्छ । (छ) परियोजना विधि काम गरेर नै सिक्ने विधि परियोजना कार्य हो । यसमा विद्यार्थीले एक्लाएक्लै वा समूहमा कुनै कार्य गर्छन् । यसबाट गरेर सिक्ने बानीको विकास हुन्छ । २. तथ्याङ्क र स्चनाको परिचय तथ्याङ्क वा सूचना भन्नाले कुनै तथ्य वा शब्द, वाक्य, चित्र, सङ्केत, विवरण आदि बुझिन्छ । तथ्याङ्क परिमाणात्मक र गुणात्मक गरी दुई प्रकारका हुन्छन् । Organisation for Economic Co-operation and Development (OECD) का अनुसार परिमाणात्मक तथ्याङ्क भनेको कुनै परिमाण, रकम वा दायरा बुझाउने तथ्याङ्क हो । यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तैः ५ किलोग्राम (तौल), १० मिटर (लम्बाइ चौडाइ), १००० रुपियाँ (आम्दानी /खर्च) आदि | परिमाणात्मक तथ्याङ्कको तथ्याडङकशास्त्रीय विश्लेषण गर्न सकिन्छ | Dewitt Wallace Library का अनुसार गुणात्मक तथ्याङ्कले गुण वा विशेषता दर्साउँछ | यसलाई अन्तर्वार्ता, प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ । यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन । वस्तुको गुणस्तर, व्यक्तिको अनुभव, व्यक्तिलाई मन पर्ने वा मन नपर्ने कुराहरूलाई तथ्याङकशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिँदैन । ३. तथ्याङकका स्रोतहरू तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्वितीय गरी दुई प्रकारका हुन्छन्, जुन निम्नानुसार छन् : (क) प्राथमिक स्रोत प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गरिन्छ | यसलाई अध्ययन गर्ने व्यक्ति वा समूहले आफैँले सङ्कलन गरेको हुन्छ । सर्भेक्षण, अन्तर्वार्ता, क्षेत्रश्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिक स्रोतहरू हुन् । प्राथमिक तथ्याङ्क सङ्कलन गर्ने कार्यमा बढी समय, परिश्रम र लगानी खर्च हुन्छ | (ख) fetta स्रोत कतिपय तथ्याङ्क वा सूचना अनुसन्धानकर्ताबाहैक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन् । यस्ता तथ्याङक प्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन् । ती स्रोतहरूलाई सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ | जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङकका द्वितीय स्रोतहरू हुन् | यस्ता स्रोतहरूबाट तथ्याङ्क सङ्कलन गर्न तुलनात्मक रूपमा सस्तो, सजिलो र छिटो हुन्छ । ४. प्राथमिक तथ्याङक र द्वितीय तथ्याङकबिचको अन्तरसम्बन्ध एउटा अनुसन्धानकर्ता वा कुनै व्यक्ति वा संस्थाले तथ्याङक सङ्कलन गरेपछि त्यसलाई विश्लेषण प्रकाशन गर्छ भने त्यो अन्य व्यक्ति वा संस्थाहरूका लागि द्वितीय तथ्याङक बन्दछ । कुनै पनि अनुसन्धानकर्ता सबै तथ्याङक प्राथमिक स्रोतबाट मात्र सङ्कलन गर्न सक्दैन | तसर्थ अनुसन्धान कार्यमा दुवै प्रकारका तथ्याङ्कको उत्तिकै महत्त्व रहेको पाइन्छ | क्रियाकलाप १. सामाजिक अध्ययन विषयमा खोज तथा अनुसन्धान गर्दा प्रयोग गर्न सकिने विधिको स्ची बनाउनुहोस् । ती विधिका फाइदा खोजी गरी एउटा चार्ट तयार गर्नुहोस् । २. सामाजिक अध्ययन विषयमा परियोजना कार्य गर्दा कुन कुन स्रोतबाट तथ्याङक सङ्कलन गरिन्छ ? कक्षामा सामूहिक छलफल गरी एउटा चार्ट वा प्रस्तुतीकरण फाइल तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् । (ख) अनुसन्धान भनेको के हो ? (ग) TRASH स्रोतहरू कति प्रकारका छन् ? (घ)
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
2
500
3,236
word
12-Social_Studies-ch14-seg0003
स्रोतबाट तथ्याङक सङ्कलन गरिन्छ ? कक्षामा सामूहिक छलफल गरी एउटा चार्ट वा प्रस्तुतीकरण फाइल तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् । (ख) अनुसन्धान भनेको के हो ? (ग) TRASH स्रोतहरू कति प्रकारका छन् ? (घ) परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्कको उदाहरणसहित परिचय दिनुहोस् । (ङ) तथ्याङकका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् | सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवघारणा (कक्षा १२ मा अध्ययन गर्वे दुई जवा साथीहरू विद्यालयबाट घर जाँदै छन् | बाटामा तिवीहरूबिच यस्तो संवाद FD |) करुणा : डोल्मा, मैले त आज सामाजिक अध्ययन विषयमा सरले के पढाउनु भएको हो ! TAT सकिन । तिमीले बुझ्यौ त ? डोल्मा: तिमीलाई के भयो त आज ? मलाई त त्यति नबुझिने विषयवस्तु जस्तो लागेन | करुणा : मलाई त सहसम्बन्ध र कार्यकारण सम्बन्ध भनेको उस्तै पो लाग्यो त । डोल्मा : त्यसो त कहाँ हो र ? फरक छ नि । मैले बुझेको कुरा भनौँ त ? करुणा : भन न । तिमीले भनेपछि म पनि बुझ्छु होला नि । डोल्मा: सहसम्बन्धलाई अङग्रेजीमा Correlation भनिन्छ । यो अनुसन्धानमा प्रयोग हुने अवधारणा हो । यो बुझ्नका लागि चर (Variable) बुझनुपर्छ | अनुसन्धानमा चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ । करुणा : सरले यस्ता चरहरूबिच सहसम्बन्ध हुन्छ भन्नुभएको थियो नि । त्यो पनि बताक न । डोल्मा : यस्ता चरहरूलाई निर्भर चर (Dependent Variable) र स्वतन्त्र चर (Independent Variable) भनी वर्गीकरण गरिन्छ | अघि भनेको उदाहरणमा वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाका कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन | यस्तो सम्बन्धलाई नै सहसम्बन्ध भनिएको हो । करुणा : ए ! यस्तो सम्बन्ध सधैँ एकैनासको त हुँदैन नि, हुन्छ त ? डोल्मा : ठिक भन्यौ । सहसम्बन्धलाई हिसाब गरेर निकाल्दा यसलाई ०.० देखि १.० बिचको सूचकाङ्कमा नापिन्छ । ०.१ देखि ०.४ सम्मको सहसम्बन्धलाई कमजोर मानिन्छ । त्यस्तै 0.४ देखि ०.७ सम्मलाई मध्यम (Moderate) र ०.७ देखि १.० सम्मलाई सबल सहसम्बन्ध भनिन्छ | करुणा : सरले त सकारात्मक र नकारात्मक सहसम्बन्ध हुन्छ भन्नुभएको थियो नि । त्यो चाहिँ कस्तो होनि? सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ डोल्मा : हो नि, यदि स्वतन्त्र चर बढ्दा निर्भर चर बढ्छ र स्वतन्त्र चर घट्दा निर्भर चर पनि घट्छ भने यस्तो सहसम्बन्धलाई सकारात्मक सहसम्बन्ध भनिन्छ | यस्तो सहसम्बन्धको सूचकाङ्क पनि सकारात्मक (+) SH । वर्षा बढी हुँदा धान उत्पादन बढी हुनु तथा वर्षा कम हुँदा धान उत्पादन पनि कम हुनु सकारात्मक सूचकाङ्क हो । त्यसको विपरीत स्वतन्त्र चर बढ्दा निर्भर चर घट्ने र स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा नकारात्मक सहसम्बन्ध (Negative Correlation) भनिन्छ | यस्तो सहसम्बन्धको सूचकाङक भने नकारात्मक (-) हुन्छ । विद्यार्थीको उमेर बढी हुँदा प्राप्ताङ्क कम हुनु तथा उमेर कम हुँदा प्राप्ताङक बढी हुनु नकारात्मक सूचकाङ्क हो । यदि स्वतन्त्र चर घटबढ हुँदा निर्भर चरमा केही फरक नपरेमा शून्य सहसम्बन्ध (Zero Correlation) भनिन्छ | वर्षा घटबढ हुँदा धान उत्पादनमा केही
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
3
500
2,882
word
12-Social_Studies-ch14-seg0004
भनिन्छ | यस्तो सहसम्बन्धको सूचकाङक भने नकारात्मक (-) हुन्छ । विद्यार्थीको उमेर बढी हुँदा प्राप्ताङ्क कम हुनु तथा उमेर कम हुँदा प्राप्ताङक बढी हुनु नकारात्मक सूचकाङ्क हो । यदि स्वतन्त्र चर घटबढ हुँदा निर्भर चरमा केही फरक नपरेमा शून्य सहसम्बन्ध (Zero Correlation) भनिन्छ | वर्षा घटबढ हुँदा धान उत्पादनमा केही प्रभाव नपर्नु शून्य सहसम्बन्ध हो | अब बुझ्यौ त ? करुणा : यो त राम्ररी बुझियो । अब कार्यकारण सम्बन्धबारे पनि बताक न । डोल्मा: यो त झन सजिलो छ नि । यदि एउटा चर वा घटनाका कारणले गर्दा अर्को चर वा घटना घट्छ भने त्यस्तो सहसम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ | तर सबै प्रकारका सहसम्बन्धहरू कार्यकारण सम्बन्ध हुँदैनन् । वर्षा बढी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घटछ भने यस्तो सम्बन्ध चाहिँ कार्यकारण सम्बन्ध हुन्छ | यसमा वर्षाका कारणले धान उत्पादन हुने बुझिन्छ । तर धानको उत्पादन र किसानको उमेरबिच यस्तो सम्बन्ध हुँदैन । करुणा : यस्ता गणितमा पढ्नुपर्ने कुरा चाहिँ हामीले सामाजिक अध्ययन विषयमा किन पढ्नुपरेको होला ? तिमीलाई थाहा छत? डोल्मा: अलि अलि त थाहा छ । हामीले सामाजिक अध्ययन विषयमा विभिन्न अनुसन्धान गर्नुपर्ने हुन्छ । त्यसरी अनुसन्धान गर्दा प्राप्त तथ्याङ्क र सूचनालाई विश्लेषण गरेर निष्कर्ष निकाल्न हामीले यस्तै सम्बन्धहरूको व्याख्या गर्नुपर्छ । त्यसैले हामीलाई काम लाग्छ भनेर सरले सिकाउनु भएको हो । अझ यसको हिसाब पनि गर्नुपर्छ । त्यो चाहिँ हामीलाई आएन भने गणित जान्ने साथीहरूको सहयोग लिन सकिन्छ । करुणा : डोल्मा तिमीलाई धेरै धन्यवाद छ । कुरा गर्दै आउँदा बाटो काटेको पत्तै भएन, पाठ पनि बुझियो । तिम्रो घर पनि आए पुग्यो, जाङ है । डोल्मा: तल, ल । भोलि पनि सँगै विद्यालय जाने है । क्रियाकलाप १. स्वतन्त्र चर र निर्भर चरबारे खोजी गरी यिनको परिभाषा र उदाहरणसहितको एउटा चार्ट तयार गर्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ २. तलको अनुसन्धानमा चरहरूको पहिचान र वर्गीकरण गर्नुहोस् । यिनका बिचमा कस्तो सम्बन्ध छ ? व्याख्या गर्नुहोस् । एउटा कक्षाका Yo जना विद्यार्थीको प्रथम त्रैमासिक परीक्षामा सामाजिक अध्ययन विषयको औसत प्राप्ताङ्क ४५ थियो | त्यसपछि तिनीहरूलाई दुई समूहमा विभाजन गरियो | समूह 'क' लाई परम्परागत तरिकाबाट पठनपाठन गराइयो | समूह 'ख' लाई मल्टिमिडिया प्रयोग गरेर पठनपाठन गराइयो | तीन महिनापछि द्वितीय त्रैमासिक परीक्षा लिँदा समूह 'क' को औसत प्राप्ताङक ४६ र समूह 'ख' को प्राप्ताङ्क YY रहेको पाइयो | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) चर भनेको के हो ? (ख) स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनुहोस् । (ग) सहसम्बन्धको परिभाषा लेख्नुहोस् । (घ) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एक वाक्यमा लेख्नुहोस् । (ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफनो कक्षाको साथीलाई एक पत्र लेख्नुहोस् । (च) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् । (छ) अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्त्व लेख्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ © अध्ययन प्रस्तावनाको संरचना अध्ययन प्रस्तावनाका मुख्य अङ्ग हामीले गर्ने अध्ययन अनुसन्धानको प्रारम्भिक चरणमा गरिने अनुसन्धान प्रस्तावनामा निम्नलिखित अङ्ग समावेश गरिन्छ । परिचय समस्याको कथन उद्देश्यहरू साहित्य पुनरवलोकन अध्ययन विधि सन्दर्भ सामग्री तलको अध्ययन प्रस्तावनाको नमुना अध्ययन गरौँ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरको ऐतिहासिक अध्ययनको
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
4
500
3,040
word
12-Social_Studies-ch14-seg0005
तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ © अध्ययन प्रस्तावनाको संरचना अध्ययन प्रस्तावनाका मुख्य अङ्ग हामीले गर्ने अध्ययन अनुसन्धानको प्रारम्भिक चरणमा गरिने अनुसन्धान प्रस्तावनामा निम्नलिखित अङ्ग समावेश गरिन्छ । परिचय समस्याको कथन उद्देश्यहरू साहित्य पुनरवलोकन अध्ययन विधि सन्दर्भ सामग्री तलको अध्ययन प्रस्तावनाको नमुना अध्ययन गरौँ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरको ऐतिहासिक अध्ययनको प्रस्तावना परिचय काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपा नगर काठमाडौँ उपत्यकाबाट पूर्वतर्फको प्रमुख नाका हो । नेपालको एकीकरण हुनुभन्दा पहिले छुट्टै राज्यको हैसियतमा रहेको यो स्थानमा विभिन्न ऐतिहासिक तथ्यहरू रहेका छन् । पृथ्वीनारायण शाहले एकीकृत नेपाल राज्य स्थापना गरेपछि नेपालको इतिहासमा गोर्खा राज्य र काठमाडौँ उपत्यकाको मात्र इतिहास लेखिएको र बनेपा जस्ता मल्लकालीन राज्यहरूको इतिहास ओझेलमा परेको छ (लेविस र शाक्य, १९८८ ई.सं.) । यस नगरमा रहेको राजदरबार (लायक) समेत हाल मौलिक स्वरूपमा नरहेको भए तापनि यस नगरमा अझै रहेका शिलालेख, वंशावली, मन्दिर आदिमा ऐतिहासिक तथ्यहरू रहेका छन् । यस सम्बन्धमा विस्तृत अध्ययन भएको पाइँदैन । त्यसकारण बनेपा नगर क्षेत्रमा रहेका ऐतिहासिक स्रोतहरूको खोजी गरी प्रकाशन गर्न यो अध्ययन प्रस्तावना तयार गरिएको छ । समस्याको कथन नेपालको इतिहासमा यसको राजधानी र नेपाल एकीकरण गर्ने गोर्खा राज्यबाहेक अन्य राज्यहरूको इतिहासमा धेरै अध्ययन भएको छैन (लेविस र शाक्य, १९८० ई.सं.) । काभ्रेपलाञ्चोक जिल्लामा एकीकरणपूर्व विभिन्न राज्यहरू भएको तथ्य इतिहासका विभिन्न पुस्तकमा उल्लेख भएको भए तापनि ती राज्यहरूको एकीकरणपूर्वको इतिहासलाई खोजी गरेको पाइएको छैन । यस जिल्लाका बनेपा, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ धुलिखेल, पलाञ्चोक, तिमाललगायतका राज्यहरूको इतिहास खोजी गर्न आवश्यक देखिन्छ । यद्यपि यस अध्ययनले आफनो खोजी क्षेत्रलाई बनेपा नगरभित्र सीमित गरेको छ । विशेषत: यस अध्ययनले तलका प्रश्नहरूको जवाफ खोज्ने लक्ष्य लिएको छ : १. FATT नगरमा के कस्ता ऐतिहासिक स्रोतहरू रहेका छन् ? २. बनेपा नगरमा रहेका ऐतिहासिक स्रोतहरूबाट यस नगर तथा नेपालको इतिहाससँग सम्बन्धित के कस्ता तथ्यहरू प्राप्त हुन्छन् ? उद्देश्य यस अध्ययनका मुख्य उद्देश्य निम्नानुसार रहेका छन् : १. बनेपा नगरभित्र शिलालेख, वंशावली, मन्दिरमा रहेका ऐतिहासिक प्रमाणहरूको खोजी गर्नु २. बनेपा नगरभित्र रहेका ऐतिहासिक प्रमाणहरूबाट ऐतिहासिक तथ्यहरू पत्ता लगाउनु साहित्य पुनरवलोकन काठमाडौँ उपत्यका एउटा तालका रूपमा रहँदा पनि बनेपा एउटा नगरका रूपमा विकसित भइसकेको थियो । वि.सं. ११५३ मा राजा आनन्ददेवले वरपरका गाउँहरूलाई मिलाएर आठ गणेश र आठ ढोका (गेट) सहितको बनेपा राज्यको स्थापना गरेका थिए (लेविस र शाक्य, १९८८ ई.सं.) । नेपालको एकीकरणका क्रममा वि.सं. १८१९ मा बनेपा राज्य गोर्खा राज्यमा एकीकृत भयो (पाठयक्रम विकास केन्द्र, २०७३ वि.सं.) । त्यसबेला यो भादगाउँ राज्यअन्तर्गत रहेको थियो । बनेपा नगरमा रहेका आठ गणेश मन्दिरहरू, चण्डेश्वरी मन्दिर, धनेश्वर मन्दिर, भीमसेन मन्दिरलगायतका धार्मिक स्थल, पाटीपौवा, डबली, are आदिमा रहेका ऐतिहासिक स्रोतहरू अध्ययन गर्न आवश्यक रहेको कुरा विभिन्न इतिहासकारहरूले उल्लेख गरेका छन् (मानन्धर, २०६५ वि.सं.) । तसर्थ यो क्षेत्रमा अध्ययन गर्नु उपयुक्त र आवश्यक देखिन्छ । अध्ययन विधि यस अध्ययनमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरिने छ । यो एउटा ऐतिहासिक अध्ययन भएकाले यसमा प्राथमिक तथा द्वितीय दुवै प्रकारका स्रोतबाट तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलन प्राथमिक तथ्याङक सङ्कलनका लागि बनेपा नगरभित्रका विभिन्न ऐतिहासिक महत्त्वका स्थानहरूको भ्रमण गरिने छ । ती स्थानमा रहेका ऐतिहासिक महत्त्वका सामग्रीहरूको फोटो लिइने छ । नगरपालिकाका प्रमुख वा उपप्रमुखसँग छलफल गरी ऐतिहासिक प्रमाणहरू र जानकार व्यक्तिहरूको सूचना दाताका रूपमा सूची तयार गरिने छ ।
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
5
500
3,336
word
12-Social_Studies-ch14-seg0006
तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलन प्राथमिक तथ्याङक सङ्कलनका लागि बनेपा नगरभित्रका विभिन्न ऐतिहासिक महत्त्वका स्थानहरूको भ्रमण गरिने छ । ती स्थानमा रहेका ऐतिहासिक महत्त्वका सामग्रीहरूको फोटो लिइने छ । नगरपालिकाका प्रमुख वा उपप्रमुखसँग छलफल गरी ऐतिहासिक प्रमाणहरू र जानकार व्यक्तिहरूको सूचना दाताका रूपमा सूची तयार गरिने छ । उक्त सूचीबाट तीन जना मुख्य सूचनादाता गोलाप्रथाद्वारा छनोट गरी उनीहरूसँग अन्तर्वार्तासमेत लिइने छ । इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदिबाट द्वितीय तथ्याङक सङ्कलन गरिने छ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ तथ्याङक विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कलाई विभिन्न तालिका, चार्ट, आदि तयार गरी व्यवस्थापन गरिने छ। त्यसलाई विभिन्न आधारमा वर्गीकरण गरी विश्लेषण गरिने छ । प्राप्त सूचनालाई नेपालको इतिहाससँग सम्बन्धित विभिन्न साहित्यसँग तुलना गरी प्राप्त तथ्यहरू व्याख्या गरिने छ | प्रतिवेदन लेखन र प्रबोधीकरण अध्ययनपश्चात् एउटा अध्ययन प्रतिवेदन तयार गरिने छ | उक्त प्रतिवेदनका आधारमा लेखहरू तयार गरी विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनलाइन तथा छापा माध्यममा प्रकाशन हुने पत्रपत्रिका तथा जर्नलहरूमा प्रकाशन गरिने छ | सन्दर्भ सामग्री Lewis, T.T and Shakya, D.R. (1988). Contributions to the history of Nepal: Eastern Newar diaspora settlements. CNAS Journal, 15(1), 25-65. पाठ्यक्रम विकास केन्द्र (२०७३), सामाजिक अध्ययन कक्षा ९ (पहिलो संस्करण), लेखक क्रियाकलाप १. माथिको अध्ययन प्रस्तावना अध्ययन गरी यसका मुख्य अङ्गहरू सूचीकृत गर्नुहोस् । २. इन्टरनेट वा सन्दर्भ सामग्रीहरू अध्ययन गरी अध्ययन प्रस्तावनाका अङ्गहरूको परिचयसहितको एक चार्ट तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस् । अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) अध्ययन प्रस्तावना भनेको के हो ? (ख) अध्ययन विधिमा के के क्रा लेख्नुपर्छ ? (ग) अनुसन्धान प्रस्तावनामा साहित्य पुनरवलोकन किन गरिन्छ ? (घ) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङक संकलनका स्रोतहरू कुन कुन हुन् ? परियोजना कार्य तलका कुनै एक शीर्षकमा एउटा अध्ययन प्रस्तावना तयार गर्नुहोस् : (क) कुनै धार्मिक क्षेत्रको अध्ययन भ्रमण (ख) कुनै सांकृतिक समारोह (जस्तै : जात्रा, चाडपर्व) को अध्ययन (ग) कुनै औद्योगिक क्षेत्र वा उद्योगको अध्ययन भ्रमण (घ) कुनै पर्यटकीय क्षेत्रको भ्रमण सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष तलको समाचार तथा घटना अध्ययन गरौँ: समाचार विद्यार्थीमा बौद्धिक चोरी २०७३ वैशाख २२, सुजाता बास्कोटा इन्टरनेट सबै क्षेत्रमा व्यापक छ । विश्वको हरेक कुना कुनामा व्यक्तिहरू यसलाई प्रयोग गर्छन् । आधुनिकीकरणतर्फ अघि बढ्दै जाँदा शिक्षण अध्यापनका तौरतरिका पनि परिवर्तन हुँदैछन् । विद्यालयदेखि विश्वविद्यालयसम्म सबैले इन्टरनेट प्रयोग गर्छन् । शिक्षक र प्राध्यापकले पनि विद्यार्थीलाई अध्ययनका लागि इन्टरनेट स्रोतहरूको परामर्श लिन प्रोत्साहन गर्छन् | विद्यार्थीलाई लगभग हरेक दिन इन्टरनेट प्रयोग गर्ने खालका गृहकार्य दिइएको हुन्छ । उनी विकिपेडिया (Wikipedia) र कुनै पनि उपलब्ध साइटहरूबाट पुरै सारेर गृहकार्य बुझाउँछन् | शिक्षकहरूले पनि विना कुनै दुविधा त्यसलाई स्वीकार गर्नुहुन्छ । यो नै बौद्धिक चोरी सिक्ने र गर्ने पहिलो चरण हो । बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्छ र तिनीहरूलाई आफनो दावी गर्छ । यस्ता चोरी गर्ने हरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् । यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights) को उल्लङ्घन हो | इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । जब शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
6
500
3,372
word
12-Social_Studies-ch14-seg0007
नक्कल गर्छ र तिनीहरूलाई आफनो दावी गर्छ । यस्ता चोरी गर्ने हरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् । यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकार (Intellectual Property Rights) को उल्लङ्घन हो | इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताका कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । जब शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क गर्दा इन्टरनेटको प्रयोग गर्न प्रोत्साहन गर्छन्, तिनीहरूले थाहै नपाई विद्यार्थीहरूलाई बौद्धिक चोरीका लागि प्रोत्साहन गरिरहेका हुन्छन् । यसबाट विद्यार्थीमा Copy and Paste संस्कृतिको बानी लाग्छ । परिणाम स्वरूप विद्यार्थीहरूको यही बानी विश्वविद्यालयसम्म रहिरहन्छ । यस्ता गलत कार्यहरू धेरै विद्यार्थीहरूले गरिरहेका छन् । "The Himalayan Times" बाट नेपालीमा अनुवाद गरिएको https://thehimalayantimes.com/opinion/plagiarism-among-students सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ घटना बौद्धिक चोरीमा कारबाही विश्वविद्यालयको एउटा क्याम्पसका केही प्राध्यापकहरूमाथि बौद्धिक चोरी गरेको उजुरी पच्यो । त्यसपछि त्यसबारे अनुसन्धान गर्न विश्वविद्यालयले एक वरिष्ठ प्राध्यापकको नेतृत्वमा अनुसन्धान टोली गठन WaT | उक्त टोलीले छानबिन गर्दा केही उपप्राध्यापकहरूको टोलीले आफनो लेखमा एक जना विदेशी अनुसन्धानधाताले गरेको अनुसन्धानको हुबहु नक्कल गरेको पाइयो । अनुसन्धान टोलीले आफनो प्रतिवेदन बुझाएपछि विश्वविद्यालयको कार्यकारी समितिले आरोपीहरूलाई दुई वर्षसम्म कुनै अनुसन्धान गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगायो । यसबाहेक भविष्यमा यस्ता क्रियाकलाप गरिएको पाइएमा उनीहरूले प्राप्त गरेको शैक्षिक उपाधि (Academic Degree) समेत खोसी विश्वविद्यालय सेवाबाट बर्खास्त गर्ने चेतावनी पनि दियो | अब तलका प्रश्नहरूमा छलफल गरौँ : (क) बौद्धिक चोरी भनेको के हो ? (ख) मानिसहरूले बौद्धिक चोरी गर्नुका कारण के के होलान् ? (ग) बौद्धिक चोरी रोक्ने उपाय के के होलान् ? बौद्धिक चोरी के हो ? जानाजान गरिने अन्जानमा गरिने अरूको कामलाई आफनो भनी प्रकाशित गर्नु | लापरबाही तरिकाबाट पुनर्लेखन गर्नु अन्य व्यक्तिको लेख रचना सार्नु अनुपयुक्त तरिकाबाट उद्धरण गर्नु बजारबाट लेख रचना किनेर विद्यालय/ यक उद्दरण गर्न बझाउन अनावश्यक रूपमा उद्धरण गर्नु विश्वविद्यालयमा बुझाउनु पुस्तक, लेख रचना तथा विद्युतीय स्रोतबाट | आफैँले पहिला प॒काशित गरेको बिना उद्धरण सार्नु लेखरचनाबाट बिना उद्धरण सूचना उल्लेख गर्नु अरूको लेख रचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू १. उपयुक्त तरिकाले aa उल्लेख गर्ने : अरूको बौद्धिक सम्पत्ति हामीले प्रयोग नै गर्न नपाउने होइन । जुन लेख, किताब, इन्टरनेट वा लेखक, प्रकाशकबाट आफूले सूचना वा तथ्याङ्क लिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ हो त्यसको स्रोत उल्लेख गरियो भने त्यसलाई बौद्धिक चोरी मानिँदैन । त्यसैले उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ । २. प्रुफरिडिङ गर्ने : आफूले तयार गरेको प्रस्तावना, प्रतिवेदन वा लेख आफना गुरु वा अन्य जानकारहरूलाई पढ्न दिएर उनीहरूको सुझावअनुसार सच्याएर मात्र विद्यालय वा कलेजमा बुझाउनुपर्छ | त्यसो गर्दा बौद्धिक चोरी हुने सम्भावना कम हुन्छ | ३. उद्धरण गर्ने : कुनै स्रोतबाट सूचना लिँदा उनीहरूको भनाइ जस्ताको तस्तै राख्ने हो भने त्यसलाई उद्धरण चिह्न “...” प्रयोग गरी उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ | यसो गर्दा बौद्धिक चोरी मानिँदैन । ४. पुनर्लेखन गर्ने : अरूको भनाइ वा सूचना प्रयोग गर्दा सधैँ उद्धरण चिहन प्रयोग गर्नु राम्रो मानिँदैन | त्यसैले त्यस्ता कुराहरूको मुख्य कुरालाई आफ्नै शब्दमा पुनर्लेखन गर्न सकिन्छ । तर यस्तो कुरामा पनि स्रोत भने उल्लेख गर्नैपर्छ | ५. सन्दर्भ सामग्रीको सूची लेख्ने : आफनो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ । ६. उपयुक्त उद्धरण ढाँचा प्रयोग गर्ने : विभिन्न विषयहरूमा फरक फरक ढाँचामा लेख, प्रस्तावना वा प्रतिवेदनलगायतका रचनाहरू तयार
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
7
500
3,377
word
12-Social_Studies-ch14-seg0008
शब्दमा पुनर्लेखन गर्न सकिन्छ । तर यस्तो कुरामा पनि स्रोत भने उल्लेख गर्नैपर्छ | ५. सन्दर्भ सामग्रीको सूची लेख्ने : आफनो लेख, प्रस्तावना वा प्रतिवेदनको अन्तमा सन्दर्भ सामग्रीहरूको सूची उल्लेख गर्नुपर्छ । ६. उपयुक्त उद्धरण ढाँचा प्रयोग गर्ने : विभिन्न विषयहरूमा फरक फरक ढाँचामा लेख, प्रस्तावना वा प्रतिवेदनलगायतका रचनाहरू तयार गरिन्छ | भाषाका विषयहरूमा Modern Language Association (MLA) को ढाँचा प्रयोग गरिन्छ भने समाजशास्त्र, शिक्षा जस्ता विषयहरूमा American Psychological Association (APA) ढाँचा प्रयोग गरिन्छ । त्यस्तै Chicago, Turabian, IEEE आदि उद्धरण ढाँचा पनि प्रचलित छन् । कुनै कुनै विश्वविद्यालयले आफनो छुट्टै ढाँचा पनि प्रयोग गर्छन् । आफ्नो विश्वविद्यालय वा शिक्षकले तोकेको ढाँचा प्रयोग गर्नुपर्छ | APA र MLA ढाँचाको उदाहरण तल लिइएको छ : APA उद्धरण ढाँचा Lewis, T.T and Shakya, D.R. (1988). Contributions to the history of Nepal: Eastern Newar diaspora settlements. CNAS Journal, 15(1), 25-65. O’encyclopedia, S. E. (1993). Words. In The new encyclopedia Britannica (vol. 38, pp. 745-758). Chicago, IL: Penguin. MLA उद्दरण ढाँचा Kim, Kee Han. Development of an Improved Methodology for Analyzing Existing Single-Family Residential Energy Use. 2014. Texas A & MU, PhD. ProQuest, https://ezproxy.nypl.org/socabs/docview/1665251619/abstract/E9D3616 6E31040AEPQ/1?accountid=35635. Fletcher, Marissa. Influences of Nutrition and Pathogenicity from a Microbial Diet on Immunity and Longevity in Caenorhabditis Elegans. 2012. Massachusetts Institute of Technology, PhD. DSpace @MIT, https://dspace. mit.edu/handle/1721.1/120633. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ विभिन्न कारणले गर्दा धेरै विद्यार्थीहरू आफनो अनुसन्धान कार्य समयमा सुरु गर्न सक्दैनन् । अन्तिम समयमा काम सुरु गर्दा हतार हुन्छ र बौद्धिक चोरीबाट बच्ने उपायहरू अपनाउन समय नै पर्याप्त हुँदैन । त्यसैले समयमै काम सुरु गरी बौद्धिक चोरीबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्छ । बौद्धिक चोरीसम्बन्धी कानुनी व्यवस्था नेपालको संविधानको धारा (२५) मा बौद्धिक सम्पत्तिलगायत अन्य सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन, २०५९ ले किताब, पर्चा, लेख, शोधपत्र, नाटक, गीत, सङ्गीत, श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेन्टिङ, मूर्तिकला, काष्ठकला, फोटोजन्य रचना, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्रामलगायतका सिर्जनालाई रचना भनी परिभाषित गरेको छ । सो ऐनको दफा (२७) ले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार रु. १०,००० देखि रु. १,००,००० सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । सोही कार्य दोस्रो पटदेखि पटकै पिच्छे रु. २०,००० देखि रु. २,००,००० सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । यस्ता रचना प्रकाशन वा पुनरुत्पादन वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुनेसमेत व्यवस्था छ । यसबाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानिको क्षतिपूर्तिसमेत भराई दिनुपर्ने व्यवस्था छ | क्रियाकलाप १. तपाईंको कक्षाका सबै समूहले तयार पारेको परियोजना कार्यको प्रस्तावनाहरूको अध्ययन गरी बौद्धिक चोरी भए नभएको पत्ता लगाई सुधार गर्नुपर्ने बुँदाहरू सङ्कलन गर्नुहोस् | ती सङ्कलित बुँदाहरूलाई कक्षामा छलफल गर्नुहोस् । २. बौद्धिक चोरी भएका समाचारहरू सङ्कलन गरी एउटा भित्ते पत्रिका प्रकाशन गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) बौद्धिक चोरी भनेको के हो ? (ख) मानिसहरूले बौद्धिक चोरी गर्नुका क्नै दुई कारणहरू लेख्नुहोस् । (ग) जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् । (घ) बौद्धिक चोरी
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
8
500
3,420
word
12-Social_Studies-ch14-seg0009
२. बौद्धिक चोरी भएका समाचारहरू सङ्कलन गरी एउटा भित्ते पत्रिका प्रकाशन गर्नुहोस् | अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) बौद्धिक चोरी भनेको के हो ? (ख) मानिसहरूले बौद्धिक चोरी गर्नुका क्नै दुई कारणहरू लेख्नुहोस् । (ग) जानाजान गरिने बौद्धिक चोरीका कुनै दुई उदाहरण दिनुहोस् । (घ) बौद्धिक चोरी गर्ने व्यक्तिलाई कस्तो कारबाही हुन्छ ? एक उदाहरण दिनुहोस् । (ङ) बौद्धिक चोरी एक अपराध हो । यस भनाइलाई उदाहरणसहित एक अनुच्छेदमा व्याख्या गर्नुहोस् । (च) बौद्धिक चोरीबाट बच्ने कुनै पाँच उपायहरू उल्लेख गर्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विघि चयन तलको संवाद अध्ययन गरौँ : सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयनका सम्बन्धमा तयार गरिएको संवाद अध्ययन गरौँ : अभिषेक : किन उदास छौ, सलिम ? के समस्या पस्यो ? बताउन मिल्छ कि ? सलिम : तिमीलाई बताउन किन नमिल्नु ? पढाइसम्बन्धी नै कुरा हो । अभिषेक : केक्राहोत ? सलिम : सामाजिक अध्ययन विषयमा म्याडमले दिनुभएको परियोजना कार्य कसरी गर्ने भनेर सोचिरहेको नि ! साथीहरूले समूह नेता बनाइदिए तर मलाई त समस्या पहिचान गर्न नै कठिन भयो | तिमीहरूले Tait त ? अभिषेक : गर्यौँ, यो त सजिलो छ त । समस्या पहिचान भन्नाले कुनै पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक र उपयुक्त कुनै अवधारणा पहिचान गर्नु भन्ने बुझिन्छ । हाम्रो समाजमा यस्ता अनगिन्ती समस्या, घटना र अवधारणा रहेका छन् । हामीले समस्या निर्माण गर्दा ती समस्याहरू प्राज्ञिक रूपले अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् भनेर यकिन गर्नुपर्छ | सलिम : कसरी यकिन गर्ने त ? अभिषेक : पहिलो कुरा त अनुसन्धान गर्ने समस्या बिल्कुलै नयाँ हुनुपर्छ | अरू कसैले पहिले नै गरेको कार्य हुबहु दोहोरिनु हँदैन | पहिले नै गरिएको कार्यलाई दोहोच्याउनुपर्ने भएमा अध्ययन विधि, समय र परिस्थितिमध्ये कुनै एक वा सबै फरक गर्नुपर्छ | दोस्रो कुरा यस अनुसन्धानबाट नयाँ ज्ञान प्राप्त हुनुपर्छ । उक्त ज्ञान समाजलाई उपयोगी हुनुपर्छ । सलिम : एउटा उदाहरण भए बुझन सजिलो हुने थियो नि! अभिषेक : धूमपानले स्वास्थ्यमा हानि गर्छ कि गर्दैन ? भनेर अनुसन्धान गर्न आवश्यक नै छैन । यस सम्बन्धमा कैँयौँ अनुसन्धान भएर अहिले यो प्रमाणित सत्यका रूपमा रहेको छ । यसबाट नयाँ ज्ञान प्राप्त हुँदैन । बरु कुनै समुदायमा धूमपान गर्ने मानिसहरू र धूमपान नगर्ने सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ मानिसहरूको अनुपात पत्ता लगाउने अनुसन्धान चाहिँ आवश्यक र उपयुक्त हुन सक्छ । यसबाट प्राप्त नतिजाका आधारमा त्यस समुदायमा धूमपान गर्ने मानिसहरूको सङ्ख्या घटाउने उपायहरू गर्नुपर्ने कि नगरे पनि हुने भन्ने ज्ञान प्राप्त हुन्छ । सलिम : आब त राम्ररी बुझियो । अब अध्ययन विधि छनोटबारे पनि बताक न । अभिषेक : अध्ययन पद्धति मुख्यतः तीन प्रकारका हुन्छन् : परिमाणात्मक, गुणात्मक र मिश्चित । प्राप्ताङ्क, तौल, उमेर आदि सङ्ख्यामा सूचनाहरू सङ्कलन हुने र विश्लेषण गर्दा तथ्याङ्कशास्त्रीय विधिहरू प्रयोग गरिने अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ । यदि मानिसका भावना, विचार, व्यवहार जस्ता क्राहरूका सूचनाहरू लिने हो भने ती सूचना सङ्ख्यामा उल्लेख गर्न सकिन्न | यस्तो खाले अनुसन्धान गर्ने पद्धति चाहिँ गुणात्मक पद्धति हो । यी दुवै विधि प्रयोग गर्ने हो भने मिश्चित पद्धति हुन्छ । सलिम : म्याडमले त यी
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
9
500
2,911
word
12-Social_Studies-ch14-seg0010
अनुसन्धान विधिलाई परिमाणात्मक पद्धति भनिन्छ । यदि मानिसका भावना, विचार, व्यवहार जस्ता क्राहरूका सूचनाहरू लिने हो भने ती सूचना सङ्ख्यामा उल्लेख गर्न सकिन्न | यस्तो खाले अनुसन्धान गर्ने पद्धति चाहिँ गुणात्मक पद्धति हो । यी दुवै विधि प्रयोग गर्ने हो भने मिश्चित पद्धति हुन्छ । सलिम : म्याडमले त यी पद्धतिहरूले फरक फरक विधि प्रयोग गर्छन् भन्नुभएको थियो नि। त्यो भनेको चाहिँकेहोनि? अभिषेक : परिमाणात्मक अनुसन्धानमा सबैभन्दा प्रचलित विधि सर्वेक्षण हो । यसमा एउटा जनसङ्ख्याबाट निश्चित सङ्ख्याको नमुना लिइन्छ । प्रश्नावली तयार गरी नमुना लिइएको सङ्ख्यामा मात्र तथ्याङक सङ्कलन गरिन्छ | यसरी प्राप्त सूचनालाई विश्लेषण गरी नतिजा प्राप्त गरिन्छ । अर्को महत्त्वपूर्ण विधि प्रयोग विधि हो । यसमा छनोट गरिएका नमुनालाई दुई समूहमा बाँडिन्छ । एक समूहलाई हाल भएकै अवस्थामा राखिन्छ भने अर्को समूहमा नयाँ कुरा प्रयोग गरिन्छ | यसबाट नयाँ कुरा प्रयोग गर्दा र नगर्दा के फरक आउँछ अध्ययन गरिन्छ । सलिम : भनेपछि हाम्रो गाउँमा कति मानिसहरू कुन कुन पेसा गर्छन् भन्ने पत्ता लगाउने विधि चाहिँ सर्वेक्षण विधि हुने रहेछ | एउटा कक्षामा वर्षमा तीनओटा परीक्षा लिँदा र छओटा परीक्षा लिँदा विद्यार्थीको प्राप्ताङकमा के फरक आउने रहेछ भनेर अध्ययन गर्न चाहिँ प्रयोग विधि चाहिने रहेछ । अभिषेक : एकदम ठिक भन्यौ, सलिम । अर्को महत्त्वपूर्ण विधि भनेको अन्तर्वार्ता विधि हो । दुई व्यक्तिबिच प्रत्यक्ष कुरा गरी सूचना सङ्कलन गर्ने तरिकालाई अन्तर्वार्ता भनिन्छ । यसमा उत्तरदातालाई प्रत्यक्ष भेटेर वा फोन/भिडियो कलमार्फत प्रश्नहरू सोधिन्छ | उत्तरदाताको उत्तरबाट आवश्यक सूचना डायरीमा टिपिन्छ | उत्तरदाताको सहमति लिएर अडियो वा भिडियो रेकर्ड गरेर पछि आवश्यक सूचना लिन सकिन्छ । सलिम : अन्तर्वार्ताका प्रकारहरू पनि बताङ न । अभिषेक : अन्तर्वार्ता तीन प्रकारका हुन्छन् । संरचित अन्तर्वार्तामा पहिले नै तयार गरेका प्रश्नहरू सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ सोधिन्छ । अर्को शब्दमा भन्ने हो भने यो मौखिक रूपमा प्रश्नावली प्रयोग गर्ने तरिका नै हो । तसर्थ यो परिमाणात्मक तथ्याङ्क सङ्कलनका लागि उपयुक्त छ । अर्धसंरचित अन्तर्वार्तामा केही मुख्य क्षेत्रहरूसँग सम्बन्धित प्रश्नहरू वा सोसम्बन्धी टिपोट पहिले नै तयार गरी अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले थप प्रश्नहरू गरेर सूचना सङ्कलन गर्दछ । यसका लागि अनुसन्धानबारे जानकार व्यक्ति मात्र अन्तर्वार्ताकार हुन सक्छ । गुणात्मक तथ्याङक सङ्कलनका लागि यसको अत्याधिक प्रयोग गरिन्छ । असंरचित अन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका प्रश्नहरू गरेर सूचना सङ्कलन गर्छ। यसका लागि अनुसन्धानकर्ता आफैँ अन्तर्वार्ताकार हुनुपर्छ । यो पनि गुणात्मक तथ्याङ्क सङ्कलनका लागि प्रयोग गरिन्छ । सलिम : क्षेत्र अवलोकन पनि एउटा अनुसन्धान विधि नै हो नि, होइन ? अभिषेक : हो, कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अवलोकन भनिन्छ | अवलोकनकर्ता आफैँ कुनै क्षेत्रमा गई अवलोकन प्रक्रियामा सहभागी भएर वा नभईकन तथ्याङ्क सङ्कलन गर्न सक्दछ | यो विधि सरल र सहज हुनाका साथै यसबाट प्राप्त तथ्याङ्क विश्वसनीय हुन्छ । अवलोकनकर्ताले निष्पक्ष भएर सूचना सङ्कलन गर्नुपर्छ । त्यसका लागि रुजुसूची प्रयोग गर्न सकिन्छ । सलिम : तिनीहरूमध्ये कुन छनोट गर्ने भन्ने कसरी निर्णय गर्ने नि ? यो त झन् अलमल्ल पर्ने भइयो । अभिषेक : कुनै एउटा मात्र विधि प्रयोग गरेर अनुसन्धान गर्न सकिन्न | सामान्यतया: सर्वेक्षण, अन्तर्वार्ता तथा क्षेत्र अवलोकन विधिलाई सँगसँगै प्रयोग गरिन्छ । व्यक्तिको विचार, भावना वा क्षेत्रको अवस्था सङ्कलन गर्न सर्भेक्षण विधि र अन्तर्वार्ता
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
10
500
3,159
word
12-Social_Studies-ch14-seg0011
छनोट गर्ने भन्ने कसरी निर्णय गर्ने नि ? यो त झन् अलमल्ल पर्ने भइयो । अभिषेक : कुनै एउटा मात्र विधि प्रयोग गरेर अनुसन्धान गर्न सकिन्न | सामान्यतया: सर्वेक्षण, अन्तर्वार्ता तथा क्षेत्र अवलोकन विधिलाई सँगसँगै प्रयोग गरिन्छ । व्यक्तिको विचार, भावना वा क्षेत्रको अवस्था सङ्कलन गर्न सर्भेक्षण विधि र अन्तर्वार्ता विधि प्रयोग गरिन्छ। समुदायमा कुन कुन पेसामा कति कति मानिसहरू संलग्न छन् ? भन्ने पत्ता लगाउन सर्वेक्षण विधि प्रयोग हुन्छ | मानिसहरू आफना पेसामा कति खुसी छन् ? भन्ने पत्ता लगाउन अन्तर्वार्ता विधि प्रयोग गरिन्छ । कुनै व्यक्तिको व्यवहार वा कुनै स्थान वा संस्थाको अवस्था तथा गतिविधिबारे तथ्याङक सङ्कलन गर्न अवलोकन विधि प्रयोग गरिन्छ । विद्यालयमा शिक्षक र विद्यार्थीबिचको सम्बन्ध कस्तो छ भन्ने थाहा पाउन अवलोकन विधि उपयुक्त हुन्छ | सलिम : उदाहरण दिएपछि त सजिलै बुझियो । धन्यवाद, अभिषेक । क्रियाकलाप १. तपाईँलाई शिक्षकले विभिन्न समूहमा अनुसन्धान गर्ने परियोजना कार्य दिनुभएको होला । सबै समूहले परियोजना कार्यको प्रस्तावना तयार गरिसकेका होलान् । ती प्रस्तावनाहरूको “समस्या पहिचान' खण्ड अध्ययन गरी समस्या सङ्कलन गर्नुहोस् । ती समस्या अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् कि छैनन् ? कक्षामा छलफल गर्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ २. सबै समूहको परियोजना कार्य प्रस्तावनाको “अध्ययन विधि' खण्डमा विभिन्न समूहले कुन कुन पद्धति र विधि प्रयोग गरेका छन् ? सो को अध्ययन गरी चार्ट बनाई कक्षामा प्रदर्शन गर्नुहोस् । अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) समस्या पहिचान भनेको के हो ? (ख) समस्या पहिचान गर्दा के के कुरामा ध्यान पुन्याउनुपर्छ ? (ग) परिमाणात्मक अध्ययन पद्धति भनेको कस्तो पद्धति हो ? (घ) क्षेत्र अवलोकन भनेको कस्तो विधि हो ? (ङ) अन्तर्वार्ता विधि प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षहरू चर्चा गर्नुहोस् । (च) तपाईंको विद्यालय वा समुदायमा अनुसन्धान गर्न सकिने कुनै दुई समस्याहरू पहिचान गर्नुहोस् । ती समस्याहरू किन अनुसन्धान गर्न आवश्यक र उपयुक्त छन् ? कारण दिनुहोस् । (छ) परिमाणात्मक, गुणात्मक र मिश्रित अध्ययन पद्धतिबिच के फरक छ ? एउटा तालिकामा देखाउनुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ सामाजिक तश्याङक र सूचना सङ्कलनका विघि र साघनहरू १. सामाजिक तथ्याङ्कको परिचय समाजभित्र व्यक्ति र प्रकृति तथा तिनीहरूबिचको अन्तरक्रिया र अन्तरसम्बन्ध हुने भएकाले सामाजिक तथ्याङ्क भन्नाले यी क्राहरूसँग सम्बन्धित सबै कुरा पर्छन् । आर्थिक, जनसाङ्खिक, व्यक्तिगत, पारिवारिक, भाषिक, धार्मिक, पेसागत आदि क्राहरू सामाजिक तथ्याङकभित्र समेटिन्छन् । यसकारण सामाजिक तथ्याङ्क पनि परिमाणात्मक र गुणात्मक दुवै प्रकारका हुन्छन् | परिवारको आम्दानी खर्च, जनसङ्ख्या, उमेर आदि परिमाणात्मक तथ्याङ्क हुन् भने आर्थिक अवस्था (धनी वा गरिब), विचार, धर्म, परम्परा आदि गुणात्मक तथ्याङ्क हुन् | २. सामाजिक तथ्याङक सङ्कलन विधि खोज वा अनुसन्धानका प्रश्नहरूको समाधान गर्नका लागि सान्दर्भिक विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङक सङ्कलन हो । सङ्कलित तथ्याङ्कलाई व्यवस्थापन, प्रशोधन र विश्लेषण गरी अनुसन्धानका प्रश्नहरूको जवाफ निकालिन्छ । त्यसैले अनुसन्धानकर्ताले तथ्याङक सङ्कलन गर्नुभन्दा पहिले कुन /कस्तो तथ्याङ्क सङ्कलन गर्ने, कसरी सङ्कलन गर्ने, कसले सङ्कलन गर्ने र कहिले सङ्कलन गर्ने जस्ता कुराहरू निश्चित गर्नुपर्छ । यी कुराहरूलाई व्यवस्थित गर्न सर्वेक्षण, अन्तर्वार्ता, अवलोकन आदि निश्चित विधिहरूको प्रयोग गर्नुपर्छ । ३. सामाजिक तथ्याङक सङकलनका साधन सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नावली, अवलोकन मार्गदर्शन, अन्तर्वार्ता मार्गदर्शन आदि यन्त्रहरू/उपकरणहरूलाई तथ्याङ्क सङ्कलनका साधनहरू भनिन्छ | अनुसन्धानका प्रकार, अनुसन्धानकर्ताका
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
11
500
3,277
word
12-Social_Studies-ch14-seg0012
सङ्कलन गर्ने र कहिले सङ्कलन गर्ने जस्ता कुराहरू निश्चित गर्नुपर्छ । यी कुराहरूलाई व्यवस्थित गर्न सर्वेक्षण, अन्तर्वार्ता, अवलोकन आदि निश्चित विधिहरूको प्रयोग गर्नुपर्छ । ३. सामाजिक तथ्याङक सङकलनका साधन सामाजिक तथ्याङ्क सङ्कलन गर्न प्रयोग गरिएका प्रश्नावली, अवलोकन मार्गदर्शन, अन्तर्वार्ता मार्गदर्शन आदि यन्त्रहरू/उपकरणहरूलाई तथ्याङ्क सङ्कलनका साधनहरू भनिन्छ | अनुसन्धानका प्रकार, अनुसन्धानकर्ताका आवश्यकता, उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार, परिस्थिति, स्रोत र साधनको उपलब्धता आदिलाई ध्यानमा राखी तथ्याङ्क सङ्कलनका साधनहरू छनोट गरिन्छन् | एउटै खोज वा अनुसन्धानमा एकभन्दा बढी साधनहरू प्रयोग गरिन्छ । (क) प्रश्नावली प्रश्नावलीलाई सर्वेक्षण प्रश्नावली पनि भनिन्छ । यसमा आवश्यक सूचना प्राप्त गर्ने गरी प्रश्नहरूको सूची तयार गरिन्छ र उत्तरदातासमक्ष प्रस्तुत गरी उत्तर सङ्कलन गरिन्छ । यसरी तयार गरिएका प्रश्नहरू मौखिक, लिखित वा इमेलमार्फत उत्तरदातासँग सोधी उत्तर प्राप्त गर्न सकिन्छ । प्रश्नहरू सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ दोहोरो अर्थ नलाग्ने तथा उत्तरदाताको व्यक्तिगत वा सामूहिक भावनामा चोट नपर्ने गरी सरल भाषामा तयार गर्नुपर्छ | उत्तरदाता समक्ष पठाउनुअघि विज्ञहरूबाट रुजु गराउँदा अभ राम्रो हुन्छ | प्रश्नावली सबैभन्दा प्रचलित साधन हो । यो साधनबाट धेरै व्यक्तिहरूबाट कम समय र स्रोतसाधन प्रयोग गरी तथ्याङ्क सङ्कलन गर्न सकिन्छ | उत्तरदाता इमानदार नभएमा गलत तथ्याङ्क प्राप्त हुने खतरा पनि हुन्छ | यसलाई परिमाणात्मक तथ्याङ्क सङ्कलन गर्न बढी प्रयोग गरिन्छ । (ख) अन्तर्वार्ता मार्गदर्शन अन्तर्वार्ताकारले उत्तरदातालाई सोध्ने प्रश्नहरू वा सोसम्बन्धी टिपोटलाई नै अन्तर्वार्ता मार्गदर्शन भनिन्छ । संरचित अन्तर्वार्तामा प्रश्नावलीलाई नै अन्तर्वार्ता मार्गदर्शनका रूपमा प्रयोग गरिन्छ भने अर्धसंरचित र असंरचित अन्तर्वार्तामा अन्तर्वार्ताकारले आफूले आवश्यक ठानेका मुख्य मुख्य प्रश्नहरू वा प्रश्न सोध्ने मुख्य विषयवस्तु टिपेर अन्तर्वार्ता मार्गदर्शन तयार पार्छ । (ग) अवलोकन मार्गदर्शन अवलोकन गर्ने मुख्य कुराहरू उल्लेख गरिएको टिपोट वा फारम तयार गरेर अवलोकन मार्गदर्शन तयार गरिन्छ । यसका लागि रुजुसूची पनि प्रयोग गर्न सकिन्छ । (घ) रुजुस्ची यसमा आवश्यक सूचनाहरूबारे 'हो/होइन' वा 'छ/छैन' वा अन्य विभिन्न विकल्पहरू पहिले नै तयार गरेर अवलोकन गरिन्छ । ४. द्वितीयक तथ्याङक सङ्कलन सूचना तथा तथ्याङ्क सङ्कलनमा द्वितीय स्रोत पनि उत्तिकै महत्त्वपूर्ण छ । अरू कसैले पहिले नै सङ्कलन गरेर प्रकाशित वा अप्रकाशित तथ्याङ्कले अनुसन्धान गर्न लागेको क्षेत्रको वर्तमान अवस्था थाहा पाउन, समस्या निर्माण गर्न, पत्ता लागेका क्राहरूलाई पुनर्पुष्टि गर्न सहयोग Tass | यसका लागि विभिन्न पुस्तक, पत्रपत्रिका, प्रतिवेदन, मुखपत्र, इन्टरनेटलगायतका स्रोतहरूमा रहेका सूचना प्रयोग गर्न सकिन्छ । ५. तथ्याङक व्यवस्थापनमा डिजिटल साधनको प्रयोग तथ्याङ्क सङकलनदेखि भण्डारनसम्मका प्रक्रियालाई तथ्याङक व्यवस्थापन भनिन्छ | यस प्रक्रियामा विभिन्न डिजिटल साधनहरूको प्रयोग गर्न सकिन्छ । (क) गुगल फर्म गुगल कम्पनीले विकास गरेको यो एउटा प्रोग्राम हो । जिमेल (Gmail) एकाउन्ट भएका सबैले निःशुल्क प्रयोग गर्न पाउने यो प्रोग्राम डेस्कटप, ल्यापटप, स्मार्ट फोन, आइप्याडलगायतका सबै डिजिटल सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ डिभाइसमा चलाउन सकिन्छ | डेस्कटप, ल्यापटप कम्प्युटरमा कुनै पनि ब्राउजर (क्रोम, ओपेरा आदि) मा जिमेल (Gmail) एकाउन्ट लगइन गरेपछि स्वतः चलाउन सकिन्छ भने स्मार्ट फोन, आइप्याड जस्ता डिभाइसमा भने Google Form भन्ने अनुप्रयोग (Application) डाउनलोड र इन्स्टल गर्नुपर्छ | गुगल फर्ममा प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरदाता समक्ष पठाउनुपर्छ | उत्तरदाताले उक्त फर्म खोलेर भरेपछि Submit गर्नुपर्छ | त्यसपछि सो प्रश्नावली स्वत: अध्ययनकर्ताको जिमेलमा आएर भण्डारन हुन्छ | यसरी आएका जवाफहरू स्वत: Google Spreadsheet मा entry हुन्छन् । यसका लागि डिजिटल डिभाइस र इन्टरनेटको आवश्यकता पर्छ |
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
12
500
3,476
word
12-Social_Studies-ch14-seg0013
फर्ममा प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्चार साधनमार्फत उत्तरदाता समक्ष पठाउनुपर्छ | उत्तरदाताले उक्त फर्म खोलेर भरेपछि Submit गर्नुपर्छ | त्यसपछि सो प्रश्नावली स्वत: अध्ययनकर्ताको जिमेलमा आएर भण्डारन हुन्छ | यसरी आएका जवाफहरू स्वत: Google Spreadsheet मा entry हुन्छन् । यसका लागि डिजिटल डिभाइस र इन्टरनेटको आवश्यकता पर्छ | गुगल फर्मबाहेक SoGoSurvey, Survey Monkey, Zoho Survey, Survey Gizmo, Survey Planet Fe प्रोग्रामहरू पनि यसका लागि प्रयोग गर्न सकिन्छ । तर यी प्रोग्रामहरू व्यापारिक (Commercial) प्रयोजनका लागि भएकाले किनेर मात्र प्रयोग गर्न पाइन्छ | (ख) सामाजिक सञ्जाल (Social Network) अचेल फेसबुक (Facebook), टि्वटर जस्ता सामाजिक सञ्जालमा धेरै व्यक्तिहरू जोडिएका छन् | यसकारण अध्ययनकर्ताहरूले यस्ता सञ्जालहरूलाई पनि तथ्याङ्क व्यवस्थापनमा प्रयोग गर्न थालेका छन् । गुगल फर्ममा प्रश्नावली पठाउन, भिडियो /अडियो कल गरेर अन्तर्वार्ता लिनदेखि अनुसन्धान तथ्याङ्क तथा नतिजा प्रकाशन प्रसारण गर्न यस्ता सञ्जालहरू उपयोगी हुन्छन् । यसबाहेक फेसबुक मेसेन्जरमा समूहमा भिडियो /अडियो कल गरेर लक्षित समूह छलफलसमेत गर्न सकिन्छ | (ग) भिडियो सम्मेलन अनुप्रयोग (Video Conferencing Application) अचेल ZOOM, Microsoft Teams, Google Meet, Cisco Webex जस्ता अनुप्रयोगहरू समूहमा भिडियो कल गर्न प्रयोग गरिन्छ । यी अनुप्रयोगहरू अनलाइनमार्फत् सभा सम्मेलन गर्न, अनलाइन कक्षा सञ्चालन गर्न जस्ता औपचारिक तथा समूहमा कुराकानी गर्न जस्ता अनौपचारिक कार्यका लागि विकास गरिएका हुन् । यद्यपि खोज अनुसन्धानका क्रममा अन्तर्वार्ता लिन तथा लक्षित समूह छलफल गर्नसमेत यिनीहरूको उपयोग हुन्छ । यी अनुप्रयोगहरूमा उच्च गुणस्तरको भिडियो कुराकानी गर्न र क्राकानीलाई नियन्त्रण गर्न तथा अडियो तथा भिडियो रेकर्ड गर्न पनि सकिने भएकाले अनुसन्धानमा प्रयोग गर्न सकिन्छ । क्रियाकलाप १. तपाईँका शिक्षकले दिनुभएको परियोजना कार्यमा कक्षाका सबै समूहको परियोजना कार्यको प्रस्तावनाको अध्ययन विधि' खण्ड अध्ययन गरी तथ्याङ्क सङ्कलनका लागि कुन कुन विधि र साधनहरू प्रयोग गर्न खोजिएको रहेछ ? सङ्कलन गरी चार्ट बनाई कक्षामा प्रदर्शन गर्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ अभ्यास १. तलका प्रश्नहरूको उत्तर दिनुहोस् : (क) तथ्याङ्क सङ्कलन विधि भनेको के हो ? (ख) प्रश्नावली किन सबैभन्दा प्रचलित साधन हो ? (ग) अन्तर्वार्ता मार्गदर्शन भनेको के हो ? (घ) भिडियो अनुप्रयोगलाई तथ्याङक सङ्कलनमा कसरी प्रयोग गर्न सकिन्छ ? एक उदाहरण दिनुहोस् । (ङ) सामाजिक अध्ययन विषयमा तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्न सकिने कुनै चारओटा साधनहरूको नाम लेखी कुनै दुईको छोटो परिचय दिनुहोस् । (A) अध्ययन अनुसन्धानका लागि तथ्याङ्क सङ्कलन गर्ने विधि तथा साधनहरू छनोट गर्दा के के कुराहरूमा ध्यान दिनुपर्छ ? पाँच बुँदामा लेख्नुहोस् । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा , कक्षा १२ @ तथ्याङक तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण अनुसन्धान वा खोजका क्रममा सूचना तथा तथ्याङक सङकलन गरेर मात्र नक हठ पुग्दैन । यसरी सङ्कलन गरिएका सूचना - L t Bl... तथा तथ्याङ्क सबै अनुसन्धानमा काम ४... लाग्दैनन् । त्यसैले प्राप्त गरिएका सूचना | Loa gess™ products नि i's a= | तथा तथ्याङ्कलाई सर्वपथम तयारी | री management |. a गरिन्छ | त्यसपछि प्रशोधन गरिन्छ। प्रशोधनपछि a त | ति ~ विश्लेषण गरी अनुसन्धान प्रश्नहरूको जवाफ निकालिन्छ | सबै कार्य सकिएपछि तथ्याङ्क भण्डारन गरिन्छ | अन्तमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । १. तथ्याङक तयारी यस चरणमा तथ्याङ्कलाई सफाइ [;:1:0900:20 0 6 0 53:22 = तथा व्यवस्थित गरी अर्को चरणका | Em Mee न पया दियो St ae momen
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
13
500
3,196
word
12-Social_Studies-ch14-seg0014
प्रश्नहरूको जवाफ निकालिन्छ | सबै कार्य सकिएपछि तथ्याङ्क भण्डारन गरिन्छ | अन्तमा लक्षित समूहलाई तथ्याङ्कबारे जानकारी दिनका लागि विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । १. तथ्याङक तयारी यस चरणमा तथ्याङ्कलाई सफाइ [;:1:0900:20 0 6 0 53:22 = तथा व्यवस्थित गरी अर्को चरणका | Em Mee न पया दियो St ae momen 77 लागि तयार पारिन्छ । यसमा 2 — eel — z 5 : ; अनावश्यक तथा त्रुटियुक्त तथ्याङ्कलाई |, २०० English | Nepall_| Maths | science | Social 2 Bikas 75 95 50 55 52 हटाइन्छ। त्यस्तै शङ्कास्पद तथ्याङ्कलाई | = Rama [3s 7 | 6s | 7 1 71 | पुनर्पुष्टि गरिन्छ । विभिन्न उत्तरदाता वा ।$ = eo स्रोतबाट प्राप्त तथ्याडक तथा सूचनालाई | § फक 38) तालिका, सूची आदिमा प्रस्तुत गरी |S न 1012 so तथ्याङक प॒शोधनका लागि तयार 0 uti } 22} 88 | पारिन्छ । परिमाणात्मक तथ्याङक प्रविष्टि गर्न, विभिन्न तथ्याङशास्त्रीय विश्लेषण गर्न र ग्राफ र चार्टमा तथ्याङक प्रस्तुत गर्न IBM SPSS Statistics, RStudio, Stata, OriginPro, TIMi Suite आदि सफटवेयरहरू प्रयोग गरिन्छ । तर हामी सामान्यतया: सबैको कम्प्युटर (ल्यापटप तथा डेस्कटप) मा सजिलै उपलब्ध हुने Microsoft Excel प्रयोग गरी तथ्याङक प्रविष्टि गर्न सक्छौँ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा, कक्षा १२ २. तथ्याङक प्रशोधन यस चरणमा तथ्याङ्कलाई विभिन्न प्रकारका तथ्याङ्कशास्त्रीय तथा गैरतथ्याङ्कशास्त्रीय परीक्षणका लागि तयार गरिन्छ | परिमाणात्मक तथ्याङ्कलाई मध्यक (Mean), मध्यिका (Median), रित (Mode), स्तरीय भिन्नता (Standard Deviation), सहसम्बन्ध (Co-relation), प्रतिगमन (Regression) लगायतका विभिन्न तथ्याङ्कशास्त्रीय विश्लेषण (Statistical Analysis) गरिन्छ | यसका लागि Microsoft Excel, SPSS जस्ता विभिन्न कम्प्युटर सफटवेयर पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै गुणात्मक तथ्याङकमा भने यस्ता तथ्याङ्कशास्त्रीय विश्लेषण (Statistical Analysis) गर्न सकिँदैन | यस्ता तथ्याङ्कबाट विभिन्न शब्द वा वाक्यांशको बारम्बारता (Frequency) गणना गर्न सकिन्छ | यस्ता तथ्याङ्कबाट कोड (Code) र उद्धरण (Quotation) निकाली तिनीहरूको अन्तरसम्बन्धको जालो (Network) बनाउने गरिन्छ | यसका लागि विभिन्न कम्प्युटर सफटवेयर प्रयोग गर्न वा गराउन सकिन्छ । ३. तथ्याङक विश्लेषण तथ्याङक प्रशोधनबाट आएका नतिजाहरूको विश्लेषण गरी त्यसको अर्थ निकाल्ने कार्य यस चरणमा हुन्छ । त्यही अर्थका आधारमा अनुसन्धान समस्या वा प्रश्नहरूको जवाफ निकाल्ने कार्य हुन्छ । यो चरण एकदम महत्त्वपूर्ण चरण हो | तथ्याङ्कको नतिजा आफैँले मात्र केही अर्थ दिन सक्दैन । तसर्थ तिनीहरूको अर्थ र अनुसन्धान प्रश्नहरूसँग तिनीहरूको सम्बन्धका आधारमा नै अनुसन्धानको निष्कर्ष निकालिने भएकाले अनुसन्धानकर्ताले अत्यन्त चनाखो भएर विश्लेषण गर्नुपर्छ । यसबाट प्राप्त निष्कर्षका आधारमा योजना निर्माणलगायतका कार्यहरू हुन्छन् । ४. तथ्याङक भण्डारण माथिका सबै चरण पूरा भएपछि तथ्याङक सङ्कलनदेखि विश्लेषणसम्मका सबै कागजहरू तथा कम्प्युटरमा भएका डकुमेन्टहरूलाई सुरक्षित राख्नुपर्छ । अनुसन्धानबारे कुनै प्रश्न उठेमा त्यसलाई पुष्टि गर्न पछिसम्म ती डकुमेन्टहरू आवश्यक पर्न सक्छन् । त्यस्तै प्रकारका अनुसन्धान पछि गर्नुपर्दासमेत यी तथ्याङक प्रयोग गर्न सकिन्छ | तसर्थ कम्प्युटरमा भएका डिजिटल डकमेन्टहरूलाई एकभन्दा बढी डिभाइसमा वा क्लाउड स्टोरेजमा समेत भण्डारण गर्नुपर्छ । ५. नतिजा प्रबोधीकरण विभिन्न लक्षित समूह जस्तै : नीति निर्माता, अन्य अनुसन्धानकर्ता, सरोकारवाला, उपभोक्तालगायतलाई जानकारी गराउनका लागि विभिन्न माध्यमहरूबाट नतिजाको प्रसारण गर्ने कार्यलाई नतिजा प्रबोधीकरण भनिन्छ | यस्तो प्रस्तुतीकरण लक्षित समूहले बुझने नभएमा अनुसन्धानको कुनै अर्थ नै रहँदैन । तसर्थ कस्ता श्रोता, दर्शक वा पाठकहरूका लागि प्रस्तुतीकरण गरिने हो त्यसअनुसारका माध्यममा उपयुक्त भाषिक स्तरमा उपयुक्त प्रकारका तथ्याङक प्रस्तुतीकरण गर्नुपर्छ । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
CDC Grade 12 Social_Studies
Social_Studies
12
14
Chapter 2: एकाइ २ जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू
14
500
3,365
word
End of preview. Expand in Data Studio

Nepali Textbooks Corpus for Grades 1-12

This dataset contains OCR-extracted, chapter-first, chunked text from Nepali school textbooks.

Summary

  • Samples: 5634
  • Grades: [1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12]
  • Subjects: ['Civic_Education', 'Civic_Science', 'Economics', 'Education', 'Enterprenuership_and_Technology', 'Health_Physcial_and_Creative_Arts', 'Health_Physical_and_Creative_Arts', 'Health_and_Physical_Education', 'Math', 'My_Math', 'My_Nepali', 'My_Science_Health_and_Physical_Education', 'My_Surrounding', 'My_Surroundings', 'Nepali', 'Optional_Maths', 'Population_Studies', 'Science_and_Environment', 'Science_and_Technology', 'Social_Studies', 'Social_Studies_and_Human_Values', 'Social__Studies_and_Human_Values', 'Sociology', 'computer_science', 'economics', 'environmental_science', 'health', 'history', 'math', 'nepali', 'optional_math', 'science', 'social']
  • Total chars: 16401163
  • Avg tokens per sample: 493

Schema

  • id — unique segment id
  • text — content chunk
  • source — book/source string
  • subject — subject label (from filename)
  • grade — class/grade
  • chapter_index — chapter number
  • chapter_title — chapter/unit name
  • segment_index — index within chapter
  • chars — character length
  • chunk_unit — "word" or "char"

Processing

  • Text extraction with hybrid per-page OCR fallback (nep+eng), Unicode normalization, glyph fixes
  • Chapter detection: headings "अध्याय N" and "एकाइ N"
  • Boilerplate removal, chunking with overlap
Downloads last month
11